Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेका आठ स्थानीय तह पूर्ण खोप सुनिश्चित

डेक्स

डेक्स

बाँकेका आठ स्थानीय तह पूर्ण खोप सुनिश्चित
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँके जिल्लाका आठ स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रुपमा घोषणा भएको छ ।  यसअघि सात पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो । तर राप्तीसोनारी गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएपछि अब जिल्लाका आठ पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित भएका छन । 

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बाँकेको सबैभन्दा दुर्गम मानिने नरैनापुर गाउँपालिकादेखि सबैभन्दा सुगम नेपालगञ्ज उपमहानगरपालिका लगायत सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको बताउनुभयो । उहाँले जिल्लाका आठ  पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सफल भएको जनाउँदै अब ती पालिकाको निरन्तर अनुगमन हुने जानकारी दिनुभयो । 

फोकल पर्सन श्रेष्ठले जिल्लाका सबै पालिकाले खोपका सबै मापदण्ड पुरा गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको बताउनुभयो। 

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले उपमहानगरभित्रका नियमित खोप लगाउन छुटेका ६९२ र कुनै पनि खोप नलगाएका एक सय ७७ गरी आठ सय ६९ बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जनाएको छ ।

नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार १६ देखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाको पहिचान गर्न माघदेखि वैशाखसम्म ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको थियो । त्यसअन्तर्गत छुटेका बालबालिकालाई अभियानले पुनः समेटेपछि नेपालगञ्जलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले खोप लगाउने उमेर समूहका कुनैपनि बालबालिकालाई खोपबाट वञ्चित हुन नदिनतर्फ सबै सचेत हुनुपर्ने र त्यसका लागि निरन्तर अनुगमन आवश्यक रहेको बताउनुभयो । 
बालबालिकालाई अहिले १३ प्रकारका रोगविरुद्ध ९ प्रकारका खोप लगाउने गरिएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…