Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सामाजिक सुरक्षा भत्ता विद्युतीय प्रणालीमार्फत वितरण गरिदै

डेक्स

डेक्स

सामाजिक सुरक्षा भत्ता विद्युतीय प्रणालीमार्फत वितरण गरिदै
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाले अब सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली  ‘इएफटी’ मार्फत वितरण गर्ने भएको छ । आगामी आर्थिक बर्षदेखि  ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने पञ्जीकरण शाखा प्रमुख प्रबिणकुमार रानाले जानकारी दिनुभयो । 

‘इएफटी’ सेवा सुरु भएपछि लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैंक खातामा पठाइनेछ । सम्झौता गरिएका बैंकको खातामा सम्बन्धित लाभग्राहीको रकम पठाइने रानाले बताउनुभयो । यसअघि सरकारले पठाएको पैसा बैंकले लाभग्राहीको खातामा जम्मा गरिदिने गरेकोमा अब उपमहानगरपालिकाले पैसा पठाउनेछ । आगामी साउनदेखि पाइलटिंगको रुपमा नेपालगञ्ज उपमहानगरपालिकासहित ५० वटा स्थानीय तहमा ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका माधव शर्माले बताउनुभयो । 

पञ्जीकरण शाखाले शनिबार नेपालगञ्जमा आयोजना गरेको ’इएफटी र व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासंग सम्बन्धित कार्य सम्पादन स्तरका सवालहरुमा अन्तरक्रिया’ विषयक कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव र बैंकका प्रतिनिधिहरुलाई  ‘इएफटी’ भुक्तानी प्रणालीका विषयमा अभिमुखीकरण गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका शर्माले  ‘इएफटी’ बारे जानकारी गराउनुभएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वितरणको अवस्था, समस्या र समाधानका विषयसंगै व्यक्तिगत घटना दर्ताको अवस्था, नागरिक चासो र सचेतनाको अवस्थाबारे छलफल गरिएको पञ्जीकरण शाखाकी तुलसा पन्थी आचार्यले बताउनुभयो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरणले लागग्राहीलाई अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो । विष्टले उपमहानगरपालिकाले सिधै लाभग्राहीको खातामा पैसा पठाइदिने भएपछि तत्काल पैसा निकाल्न सक्ने सहजता लाभग्राहीलाई हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत रिजालले  ‘इएफटी’ मार्फत लाभग्राहीले प्रविधिमैत्री छिटोछरितो र सहज सेवा पाउन बताउनुभयो । रिजालले विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने उल्लेख गर्नुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता सम्बन्धि अभिमुखीकारण सुरु

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता सम्बन्धि अभिमुखीकारण सुरु

नेपालगन्ज, जेठ १ । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता ९एआई० …

डिजिटल साक्षरताको आवश्यकता बढदो

डिजिटल साक्षरताको आवश्यकता बढदो

नेपालगन्ज १७, चैत । वर्तमान अवस्थामा डिजिटल साक्षरताको आवश्यकता बढदै गएको एक कार्यक्रम…

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पा…