Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जको ढल व्यवस्थापनमा सांसद तिवारीको पहल

डेक्स

डेक्स

नेपालगन्जको ढल व्यवस्थापनमा सांसद तिवारीको पहल
ADVERTISEMENT

नेपालगन्ज, ६ जेठ । वर्षाको समयमा नेपालगन्जको मुख्य समस्याको रुपमा रहेको ढल निकासको समस्या समाधान हुने भएको छ । बाँकेका सांसद लक्ष्मी तिवारीले ढल निकासको दिगो व्यवस्थापनका लागि पहल गरेपछि समस्या समाधान हुने भएको हो । 
नेपालगन्ज नगरभित्रका प्रायः करिब ८० प्रतिशत  सडक तथा नालाहरु निमार्ण भईसकेको छ । तर नाला निमार्ण भएपनि वर्षाको समयमा पानी परेर जम्मा हुने र प्रयाप्त पानीको निकास थुनिएपछि शहर डुबानमा पर्ने समस्या अब समाधान हुने देखिएको छ ।

नेपालगन्ज सुर्खेतरोड सडक खण्डअन्र्तगत जिल्ला शिक्षा इकाई कार्यालय नजिक रहेको मुख्य नालाको निकासको चौडाईको अभावमा पानी थुनिएकाले पुलको चौडाई बढाएर निकास फराकिलो बनाउनका लागि सम्वन्धित सरोकारवालासंग पुगेर दबाब दिएको सांसद तिवारीले बताउनुभयो । 

उहाँका अनुसार नेपालगन्जको सुर्खेतरोडस्थित नालाको पुल करिब ८–१० मिटर रहेपनि निकास मात्र ३ मिटर चौडाइ भएकाले पानी थुनिएर समस्या डुबानको समस्या रहेको छ । उक्त समस्याका बारेमा नेपालगन्ज सेतुविक चोकस्थित होटल व्यवसायी गोपाल गिरीलगायतका स्थानीयले पटक पटक नेपालगन्ज उपमहानगरपालिका, सडक डिभिजन लगायतसंग आग्रह गर्दा समेत कुनै सुनवाई नभएर आफुसमक्ष यो समस्या आएपछि सांसद तिवारीले यो सवाललाई संघिय सरकारसमक्ष पुरयाउनुभएको छ । 

संसाद तिवारीले भन्नुभयो, “नेपालगन्ज शहरको मुख्य समस्या ढल निकास र डुबानलाई दिर्घकालिन समाधान गर्नुपर्दछ, त्यसका लागि मेरो पहल पहिलो हुनेछ ।” स्थानीयको समस्या लिएर सांसद तिवारीले सडक डिभिजन कार्यालय, क्षेत्रीय सडक डिभिजन, नेपाल सरकार अर्थ मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालयसम्म धाएर नाला पुलको चौडाई बढाउनका लागि लाग्ने लागत स्टिमेट रु तीस लाख बजेट व्यवस्थापन गर्नुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीले यो समस्यालाई लिएर सडक डिभिजन कार्यालय नेपालगन्ज प्रमुख निरज शाक्य, अर्थसचिव अर्जुनप्रसाद पोख्रेललगायतसंग भेटेर समस्या राख्दा तत्काल निमार्णको कार्य अघि बढाउने सहमती भएको सांसद तिवारीका निजी सल्लाहकार रविन्द्रकुमार ज्ञवालीले बताउनुभयो । 

सल्लाहकार ज्ञवालीका अनुसार सांसद तिवारीले यस क्षेत्रका विकास निमार्ण तथा सार्वजनिक सरोकारको सवाललाई मुख्य प्राथमिकताका साथ उठाएर समाधानका लागि पहल गर्नुहुनेछ भने ती सवालहरुलाई आफनो कार्ययोजनामा समेत समेटनुभएको छ । 

सांसद तिवारीले सम्भवतः चालु आर्थिक वर्षभित्रै उक्त नालाको निर्माण प्रक्रिया शुरु हुनेमा विश्वस्त हुनुहुन्छ । नाला निमार्णका विषयमा सडक डिभिजन कार्यालय नेपालगन्ज प्रमुख शाक्यले उक्त समस्या ठुलो भएको स्वीकार्दै बजेटको अभावमा निमार्ण गर्न नसकेको भन्दै सांसद तिवारीको पहलमा बजेट व्यवस्थापन भएपछि तत्काल निमार्ण शुरु गर्ने बताउनुभयो । 

वर्षाको समयमा नेपालगन्जमा केहीबेर पानी परेपछि सेतु विक चोक र घरबारीटोल, गणेशपुर, न्युरोडलगायतका स्थानहरु जलमग्न भई घरभित्र समेत पानी भर्ने समस्या रहेको स्थानीय बताउछन ।

सूचना र नागरिक अभियन्ताका रुपमा काम गर्नुभएका सांसद तिवरीले नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने र सार्वजनिक चासोको विषयलाई मुख्य एजेण्डाको रुपमा अघि बढाउनुभएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…