Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विश्वको तामक्रम बढदै जाने प्रक्षेपण

डेक्स

डेक्स

विश्वको तामक्रम बढदै जाने प्रक्षेपण
ADVERTISEMENT

नेपालगञ्ज । आगामी पाँच वर्षमा विश्वको तापक्रम कीर्तिमानी नयाँ विन्दुमा पुग्ने लगभग निश्चित रहेको वैज्ञानिकहरुले प्रक्षेपण गरेका छन्। तापक्रम ‘प्रि(इन्डस्ट्रियल’ तह १।५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने वैज्ञानिकहरुले चेतावनी समेत दिएका छन्।

विश्व मौसम विज्ञान संगठन ९डब्लुएमओ०को अनुसन्धानका अनुसार गम्भीर परिणामहरू निम्त्याउन सक्ने महत्वपूर्ण १।५ सेल्सियसको ‘थ्रेसहोल्ड’ पार गर्नु केवल अस्थायी हुनेछ। यद्यपि, यसले विश्वव्यापी जलवायु प्रणालीमा मानवीय प्रभावहरूको उल्लेखनीय गतिलाई संकेत गर्ने र विश्वलाई ‘अज्ञात काल’मा पुर्‍याउने संयुक्त राष्ट्र संघ एजेन्सी डब्लुएमओले चेतावनी दिएको छ।

२०१५ को पेरिस जलवायु सम्झौतामा देशहरूले विश्वव्यापी तापमानलाई पूर्व(औद्योगिक स्तर १।५ सेल्सियसभन्दा कममै राख्न प्रयास गर्ने वाचा गरेका थिए। वैज्ञानिकहरुले त्यो स्तरभन्दा माथि तापक्रम पुगे विनाशकारी र अपरिवर्तनीय प्रभावहरू देखिने बताएपछि उक्त सम्झौतामा देशहरु सहमत भएका थिए।

डब्लुएमओका महासचिव प्रा पेटेरी तालासले भनेका छन्, ‘यस रिपोर्टको मतलब यो होइन कि हामी स्थायी रूपमा पेरिस सम्झौतामा तोकिएको १।५ डिग्री सेल्सियस भन्दा बढीको अवस्थामा पुग्नेछौँ, जसले दीर्घकालीन तापक्रमलाई जनाउँछ। यद्यपि, हामीले अस्थायी रुपमा १।५ सेल्सियसभन्दा माथिको तापक्रम अनुभव गर्नेछौँ भन्ने डब्लुएमओको चेतावनी हो।’

विश्वव्यापी औसत सतहको तापक्रमले हालसम्म १।५ डिग्री सेल्सियसको ‘थ्रेसहोल्ड’ तोडेको छैन। अघिल्लो वर्षहरूमा उच्चतम औसत ‘प्रि(इन्डस्ट्रियल’ स्तर भन्दा माथि १।२८ डिग्री सेल्लियस थियो।

बुधवार प्रकाशित प्रतिवेदनमा सन् २०२३ र २०२७ को बिचका वर्षमा १।५ डिग्री सेल्सियसको ‘थ्रेसहोल्ड’ नाघ्ने ६६ प्रतिशत सम्भावना रहेको उल्लेख छ।

‘हिट वेभ’का क्रममा गत वर्ष विश्वका धेरै क्षेत्रमा नयाँ कीर्तिमानी तापक्रम अनुभव गरिएका थिए, तर ती उच्च तामक्रमहरु सुरुवात मात्र हुनसक्ने प्रतिवेदनमा उल्लेख छ। ‘क्लाइमेट ब्रेकडाउन’ र विकासशील ‘एल निन्यो’ मौसम प्रणालीको संयुक्त प्रभावले विश्वभर ‘हिट वेभ’ सिर्जना हुन्छ।

‘एल निन्यो’ प्रशान्त महासागरमा विकसित हुने ‘ओस्सिलेटिङ’ मौसम प्रणालीको हिस्सा हो। विगत तीन वर्षदेखि विश्व उल्टो चरणमा थियो, जसलाई ‘ला निन्या’ भनिन्छ। जसले विश्वभरको तापक्रम वृद्धिमा उल्टो प्रभाव पारेको थियो।

‘ला निन्या’को अन्त्य र नयाँ ‘एल निन्यो’को विकास हुँदै जाँदा आगामी पाँच वर्षमध्ये कुनै एक वर्षमा सबैभन्दा तातो हुने सम्भावना ९८ प्रतिशत रहेको वैज्ञानिकहरूको अनुमान छ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…