Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

चिया खानु अघि यसो गर्नुहोस

डेक्स

डेक्स

चिया खानु अघि यसो गर्नुहोस
ADVERTISEMENT

नेपालगञ्ज । चियालाई नेपालमा संस्कारको रूपमा लिने गरिन्छ । कसैसँग बोल्नु पर्‍यो भने ‘चिया खानु भयो रु’ कसैलाई घरमा निम्तो गर्नु पर्‍यो भने ‘चिया खान आउनु’ अथवा कोही पाहुना घरमा आए ‘चिया टक्र्याऊँ’ भनेर सोध्ने गरिन्छ । 

चियाको आफ्नै फाइदा बेफाइदा त छ तर यो हाम्रो भान्छामा कम्तीमा दिनमा एक पटक भए पनि पाक्ने गर्छ । त्यही चिया पनि कसरी खाने त रु धेरैले चियाका बेफाइदाबारे बताइरहँदा चियाका पारखीले भने सर्प पनि मर्ने, लट्ठी पनि नभाँच्चिने उपाय अपनाउन सक्छन् । यसका लागि उनीहरुले निकै सजिलो तरिका अपनाउन सक्छन् । एक गिलास पानी खाएर चियाका बेफाइदाबाट छुटकारा पाउन सकिन्छ । 
यसबारे विस्तृत जानकारी लिऔँ । 

यो विषयमा एक भारतीय सञ्चार माध्यमले विज्ञसँग कुराकानीसमेत गरेको छ ।

प्रश्न स् कसैले चिया खानुअघि पानी पिउँछन् । यस्तो गर्नु सही हो रु 

जवाफ स् चिया खानुअघि पानी पिउनु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । पानीले शरीरलाई हाइड्रेट राख्छ । चियाको पिएच मान अर्थात् भ्यालु ६ हुन्छ । चिया खानुअघि पानी पिउँदा आन्द्रामा एउटा पत्र बन्छ जसले चियाबाट हुने एसिडिक इफेक्ट ९अम्लीय प्रभाव० लाई कम गर्छ । चिया खानुअघि मनतातो पानी पिउँदा थप प्रभावकारी हुन्छ । 

पिएचको अर्थ पावर अफ हाइड्रोजन अर्थात् हाइड्रोजनको शक्ति हो । हाइड्रोजनको अणुले कुनै चिजको अम्लीय वा क्षारीय प्रवृत्तिलाई निश्चित गर्छ ।  अमिलो स्वाद भएको पदार्थलाई अम्ल र टर्रो वा तितो स्वाद भएका पदार्थलाई क्षार भन्छौँ । 

अर्थात् कुनै पदार्थको पिएच १ वा २ हुन्छ भने त्यो अम्लीय हो र यदि पिएच १३ वा १४ हुन्छ भने त्यो क्षारीय हो । यदि पिएच ७ छ भने त्यो न्युट्रल हो ।

प्रश्न स् चिया खानुअघि पानी पिउँदा कस्ता स्वास्थ्य समस्या हट्छन् रु

जवाफ  चिया खानुअघि पानी पिउँदा यस्ता समस्या हट्छन्

 एसिडिटी

खाली पेटमा चिया खाँदा एसिडिटीको समस्या हुन्छ । चिया पिउँदा पेटमा एसिड बढ्छ जसले एसिडिटीको समस्या बढ्छ । त्यसैले बिहान मात्रै होइन, प्रत्येक पल्ट चिया पिउँदा पानी खानुहोस् ।

डिहाइड्रेसन

चियाले तपाईंको शरीरलाई डिहाइड्रेट गर्न सक्छ । त्यसैले चिया खानु अघि पानी पिउनुहोस् । यसले पिएच पनि सन्तुलनमा रहन्छ ।

अल्सर

खाली पेटमा चिया पिउँदा स्वास्थ्यलाई हानी हुन्छ । यसले अल्सरको सम्भावना बढाउँछ । यस्तोमा चिया खानुअघि पानी पिउनु निकै राम्रो विकल्प हो । साथै पेटसँग सम्बन्धित समस्या र जोखिम पनि कम हुनेछ ।

दाँतलाई हानी

चियामा टेनिन्स केमिकल हुन्छ । जसले दाँत बिगार्न सक्छ । चिया खाँदा दाँतमा एक प्रकारको पत्र बन्ने गर्छ । चिया खानुअघि पानी पिउनुहुन्छ भने दाँतले पनि सुरक्षा पाउँछ र मुखको ब्याक्टेरियामालाई पनि सफा गर्छ ।

प्रश्न ः चिया खानु कति समय अघि पानी पिउनुपर्छ त 

जवाफः चिया खानु १०–१५ मिनेट अघि पानी पिउने हो भने बढी फाइदा हुन्छ । यसले चियाबाट आएको एसिडलाई डायल्युट गर्न मद्दत मिल्छ । साथै क्याफिनको असर पनि कम हुन्छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…