Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बालबालिकाको पोषण

डेक्स

डेक्स

बालबालिकाको पोषण
ADVERTISEMENT

बालबालिकाको स्वास्थ्य र विकासका लागि उपयुक्त पोषण एक दरिलो जग हो । राम्रो पोषण पाएका बालबालिकाको हुर्काइबढाइ मात्रै होइन, सिकाइ, सामाजिक अन्तरघुलन, रोग प्रतिरोधात्मक क्षमताको पनि राम्ररी विकास हुन्छ । गर्भाधानदेखि दुई वर्षसम्मको समयावधि अर्थात् बच्चाको सुरुवाती एक हजार दिनमा दिइने उचित हेरचाह र पोषणले उनीहरूको हुर्किने, सिक्ने र गरिबीबाट उम्किन सक्ने क्षमतामा ठूलो प्रभाव पार्छ ।

सरकारले आर्थिक वर्ष २०६६र०६७ बाट साविक कर्णाली अञ्चलका पाँच जिल्लाका सबै र देशभरका दलित परिवारका पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन प्रतिबालबालिकालाई मासिक दुई सय रुपैयाँ बाल पोषण रकम वितरण सुरु गरेको थियो ।

आर्थिक वर्ष २०७५र०७६ देखि सरकारले सामाजिक सुरक्षा ऐन २०७५ बमोजिम २५ वटा जिल्लाहरू मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालीकोट, जाजरकोट, अछाम, सिरहा, सर्लाही, महोत्तरी, रौतहट, डोटी, बझाङ, बाजुरा, रसुवा, धनुषा, सप्तरी, बारा, दैलेख, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, कपिलवस्तु, रोल्पा र बैतडी गरी २५ जिल्ला र दलित समुदायका देशभरका पाँच वर्ष उमेर पूरा नगरेका एक आमाबाट जन्मिएका बढीमा दुई बालबालिकालाई ५३२ रुपैयाँ प्रतिमहिना बाल पोषण भत्ता प्रदान गर्दै आएको छ । स्वास्थ्य सर्वेक्षण९२०२२ का अनुसार यसले बाल कुपोषणको दर घटाएको छ ।

११ लाख रुपैयाँभन्दा बढी बालबालिकालाई बाल पोषण भत्ता उपलब्ध भई बालपोषणको अवस्थामा केही सुधार आएको र करिब ७५ प्रतिशत पाँच वर्षमुनिका बालबालिकाको जन्म दर्ता भई पहिचानसहित बाल अधिकार स्थापनामा समेत सहयोग पुगेको छ । तर बाल पोषण भत्ता बापत दिइने रकम एकदमै न्यून भएको गुनासो छ ।

नेपालमा जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०७८ का अनुसार २०५८ मा एक हजार जन्ममा मृत्युदर ९१ रहेकोमा २०७८ सम्म आउँदा प्रतिहजार ३३ मा झरेको अधिकारकर्मी वसन्तराज गौतमको भनाइ छ । युनिसेफ, सेभ द चिल्डे«न लगायत विकासका साझेदार संस्थाले नागरिक सघंसस्था, सञ्जाल र सरकारसँगको सहकार्यमा बालपोषण भत्ताको रकम र जिल्ला बढाउन नियमित पैरवी गर्दै आइरहेको छ ।

सरकारले सन् २०२५ सम्ममा शून्य बाल कुपोषणको राष्ट्रिय लक्ष्य हासिल गर्ने लक्ष्य लिएको छ । यसका लागि पाँच वर्षमुनिका बालबालिकाको जन्म दर्ता भई बाल अधिकारको सुनिश्चित गर्न अन्तरपुस्ता गरिबी हस्तान्तरण गर्ने क्रमलाई रोकी दीर्घकालीन रूपमा जनसांख्यिक पुँजी निर्माणमा सघाउ पु¥याउन बाल पोषणमा लगानी वृद्धि गर्नुपर्ने सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेल बताउनुहुन्छ ।

दिगो विकासका १७ लक्ष्यमध्ये १२ वटा लक्ष्य पोषणसँग सम्बन्धित रहेको र बालबालिकाको ९० प्रतिशतभन्दा बढी बौद्धिक विकास पाँच वर्षभन्दामुनि भइसक्ने भएकाले बालबालिकामा अधिकतम लगानी गर्नुपर्ने बाल अधिकारकर्मी डा कृष्ण सुवेदीको जोड छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको निश्चित अंश बाल सामाजिक सुरक्षामा खान लाउन दुःख नहुने परिवारका बालबालिकालाई ऐच्छिक रूपमा मात्र बालपोषण सहयोग उपलब्ध गराउने कार्य गर्दा सरकारले आर्थिक भार पनि थेग्न गाह्रो नहुने बालगृह सञ्जाल नेपालका रविन नेपाली सुझाव छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…