Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्डको विश्लेषण

डेक्स

डेक्स

स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्डको विश्लेषण
ADVERTISEMENT

नेपालगन्ज २३ चैत । डुडुवा गाउँपालिकाका स्वास्थ्य चौकीहरुको न्युनतम सेवा मापदण्डको विश्लेषण गरिएको छ । स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवाहरुको गुणस्तरियता र प्रभावकारिताको अध्ययन तथा मुल्याकंन गरि अंक प्रदान गरिएको हो । 

६ वटा स्वास्थ्य चौकीमध्ये कम्दी स्वास्थ्य चौकीले ८८ प्रतिशत अंक ल्याएर पहिलो स्थानमा रहेको छ भने होलिया स्वास्थ्य चौकीले सबै भन्दा कम ६३ प्रतिशत अंक ल्याएको स्वास्थ्य शाखा सहसंयोजक विरेन्द्र घलेल बताउनुभयो । उहाँका अनुसार अधिकतम अंक ल्याउनेमा कम्दी स्वास्थ्य चौकी मात्र रहेको, अन्यले मध्यम अंक ल्याएका छन र होलियाले सबैभन्दा कम अंक ल्याएकोले मापनमा देखिएका कमी कमजोरीलाई सुधार गर्न कार्ययोजना निमार्ण गरिएको छ । 

मापनमा होलियाले ६३ प्रतिशत, बेतहानीले ८५ प्रतिशत, बनकट्टीले ८४ प्रतिशत, शाहपुर्वाले ८० प्रतिशत, कम्दीले ८८ प्रतिशत, हिरिमिनियाले ८६ प्रतिशत र समग्र पालिकाले ७९ प्रतिशत अंक प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार सुशासन र व्यवस्थापन, क्लिनिकल व्यवस्थापन र स्वास्थ्य चौकी सहयोग सेवा व्यवस्थापन अन्र्तगत एक सय बढी सूचकहरुमा अध्ययन तथा मुल्याकंन गरि अंक प्रदान गरिएको छ । 

स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने स्वास्थ्य सेवा, सेवाको गुणस्तरियता र प्रभावकारीताका बारेमा देखिएका समस्या र कमी कमजोरीलाई अध्ययन गरि सुधार गर्नका लागि कार्ययोजना निमार्ण गरिएको शाखा प्रमुख बुढाले बताउनुभयो । 

यसैविषयमा बुधबार पालिकास्तरिय न्युनतम सेवा मापदण्ड कार्यक्रमहरुको समिक्षा तथा सुदृढिकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा गाउपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, आमोद तिवारी, झंकबहादुर थापा, स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन गोपाल गौतम, जनस्वास्थ्य निरिक्षक देवनारायण उपाध्याय, ६ वटै स्वास्थ्य चौकीका इन्चार्ज, पालिकाका शाखा प्रमुख लगायतको सभागिता रहेको थियो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…