Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भेरी अस्पताललाई शैक्षिक कार्यक्रमको स्वीकृती

डेक्स

डेक्स

भेरी अस्पताललाई शैक्षिक कार्यक्रमको स्वीकृती
ADVERTISEMENT

नेपालगञ्ज ।  भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक अस्पतालको रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृती प्राप्त भएको छ । सो स्वीकृति प्राप्त भएसँगै अब भेरी अस्पतालमा एमडी र एमएसको पढाई हुने अस्पतालका प्रमुख डाक्टर बद्री चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय अस्पताल भए पनि यसअघि भेरी अस्पतालमा शैक्षिक कार्यक्रमहरू सञ्चालन हुन पाएका थिएनन् । यो स्वीकृतिपछि वीर अस्पतालमा एमडी÷एमएस अध्ययनका लागि विद्यार्थी भर्ना भए पनि अध्ययन भने उनीहरूले भेरी अस्पतालमा गर्ने डाक्टर चापागाईँले बताउनुभयो । भेरी अस्पतालको मातहतमा उनीहरूले एमडी÷एमएसको अध्ययन पूरा गर्ने जनाउँदै उहाँले यसबाट भेरी अस्पतालको सेवा प्रवाहमा गुणात्मक सुधार आउने दाबी गर्नुभयो । एमडी डाक्टरले बिरामीलाई गुणस्तरीय सेवा दिने भएपछि शैक्षिक एवम् अनुसन्धानका गतिविधिहरू बढ्ने भेरी अस्पतालका सूचना अधिकारी डाक्टर सङ्केत रिसाल बताउनुहुन्छ ।  न्याम्सको आङ्गिक अस्पताल कायम गरी शैक्षिक गतिविधि सञ्चालनका लागि गत फागुन २२ गते भेरी अस्पतालका प्रमुख डाक्टर चापागाईँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउनुभएको थियो। त्यसको करिब तीन सातापछि सरकारले शैक्षिक गतिविधि सञ्चालनका लागि भेरी अस्पताललाई स्वीकृति दिएको डाक्टर रिसालले जानकारी दिनुभयो। भेरी अस्पतालमा केही समयअघि केही विषयहरूमा एमडी÷एमएस कार्यक्रम अन्तर्गत रेजिडेन्टहरुको पोष्टिङ गरिए पनि त्यो नियमित हुन सकेको थिएन । कोभिड महामारीपछि सो अस्पतालले आफ्नो सेवा प्रवाहलाई निरन्तर गुणस्तरीय र सरलीकृत बनाउँदै लगेको छ । पाँच सय शैयाको अस्पताल बनाउने गरी अगाडि बढेको अस्पतालले आफ्नो सेवा प्रवाहलाई बिरामीमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…