Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

क्षयरोग निर्मुल पार्न सबैको हातेमालो जरुरी

डेक्स

डेक्स

क्षयरोग निर्मुल पार्न सबैको हातेमालो जरुरी
ADVERTISEMENT

शिवा शर्मा
बर्दिया ११ चैत / हरेक वर्षको मार्च २४ अन्र्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ ।“ हो हामी क्षयरोग अन्त्य गछौ” भन्ने मुल नाराका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारीखमा क्षयरोग दिवस मनाउने गर्दछ । 
विश्व क्षयरोग दिवसको अवसर पारेर स्वास्थ्य कार्यालय बर्दियाले पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप टयूब्रक्लोसीस हो । क्षयरोग प्राचिनकाल देखि नै मानब समुदायमा रहेको र विभिन्न रोग र संक्रमणका रुपमायसलाई लिने गरेको पाईन्छ । 
क्षयरोग र रेबिजमात्र यस्ता रोग हुनजसको उपस्थिती प्राचिन समयबाट आजसम्मभएको पाईन्छ । प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाख क्षयरोगकै कारण मृत्यु हुने गर्दछ । नेपालमा क्षयरोगको तथ्याङ्क झन भयावह छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसंख्या क्षयरोगले ग्रसित पाइएको छ । 
हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगीले वर्षेनी मर्ने तथाङ्क पनि देखिन्छ । क्षयरोगीहरुको उमेर समुह धेरै जसो १५ देखि ४९वर्षसम्म हुने गर्छ । नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरु रहेका छन । 
सन २०१६सम्ममा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन २०२१ सम्म ७७ वटै जिल्लमा लाने नेपाल सरकारले लक्ष्य लिएको थियो तर कोभिड महामारी र विषम परीस्थितीका कारणले अपेक्षा अनुरुप यो लक्ष्य पुरा हुन सकेन यो प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दाे गुणस्तर मानिन्छ । 
क्षयरोग ७५ प्रतिशत भन्दा बढी फोक्सो कै क्षयरोग हुने  र अन्य ग्रन्थि पाठेघर ,पेट ,कलेजो ,मृगौला, मस्तिष्क र हडिमा हुने गर्छ । 
बर्दियाको हकमा क्षयरोग लागेको सख्या ७ सय ९२ जना छन ति क्षयरोगीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधी सेवन गराउने कार्य स्वास्थ्य कार्यलय बर्दियाले गरी रहेको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्ण गोपाल चौधरीले बताउनु भयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…