Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्ज आसपासमा होलीको रौनक सुरु

डेक्स

डेक्स

नेपालगञ्ज आसपासमा होलीको रौनक सुरु
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज र आसपासमा होलीको रौनक देखिन थालेको छ । 
यस वर्षको फागु पूर्णीमा अर्थात होली यही फागुन २२ र २३ गते मनाईदैछ । दुई दिनसम्म मनाइने यो चाडले नेपालगञ्जलाई काखी च्यापीसकेकोछ । होलीको पूर्वसन्ध्यामा यहाँका चोक–चोक तथा गलीमा होलीका सामाग्रीले भरिभराउँछन् । बालकदेखी बृद्धासम्मलाई होलीको उमङ्गले छोइसकेकोछ । होली आउनु पूर्व यहाँ विद्यालय, कलेजहरुमा होलीले आफ्नो उपस्थिती जनाइसकेकोछ । 
 अधिकांश विद्यालय र कलेज बन्दको हुनु पूर्व विद्यालय तथा कलेजबाट घर फर्केने विद्यार्थीहरु रगिन अनुहार लिएर फर्किरहेकाछन् । दुई दिनसम्म मनाइने पर्व धार्मिक तथा साँस्कृतिक हिसाबमा महत्वपूर्ण चाडका रुपमा लिइएकोछ । यो चाड पछिल्लो समय हिन्दू धर्मावलम्बीहरु माझ मात्र सिमित भएन । अन्य धर्मवालम्बिहरुले पनि उत्तिकै चाख दिएर मनाउने गर्छन् । धार्मिक तथा साँस्कृतिक सद्भावसंग जोडिएको होली पर्वले बैमनस्यता, रिस, राग तथा मनमुटावलाई पनि तोड्ने काम गर्छ । नेपालको पहाडी जिल्लामा होली चाड यहि फागुन २२ गते सोमबार मनाईदैछ भने त्यसको दोस्रो दिन तराईमा अर्थात फागुन २३ गते मङ्गलबार फागु पूर्णीमा मनाइँदैछ ।
 त्रेता यूगमा भगवान विष्णुका परमभक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ । हिरणयकश्यपका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलीकाले आगोमा भष्म पार्न लाग्दा होलीका स्वयम आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका चाड मनाउन थालिएको हो । असत्यमाथि सत्यको विजयका रुपमा यसलाई मनाइन्छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…