Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कांग्रेस बाँकेद्वारा प्रजातन्त्र दिवसमा दिप प्रज्वलन

डेक्स

डेक्स

कांग्रेस बाँकेद्वारा प्रजातन्त्र दिवसमा दिप प्रज्वलन
ADVERTISEMENT

नेपालगन्ज ७ फागुन । नेपाली कांग्रेस बाँकेले ७३औं  प्रजातन्त्र दिवसको अवसरमा नेपालगञ्जमा दिप प्रज्वलन गरेको छ । विपी चोकमा आज साँझ आयोजित दिप प्रज्वलन कार्यक्रममा कांग्रेस नेता कार्यकर्ताले प्रजातन्त्र ल्याउन आफ्नो ज्यानको आहूती दिने ज्ञात अज्ञात सहिदहरुको सम्झना गर्दै दिप प्रज्वलन गरेका हुन् ।  पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्व तथा पूर्व मन्त्री एवम् पूर्व पार्टी सभापति गजेन्द्र हमालको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै पूर्व मन्त्री हमालले  कांग्रेसकै नेतृत्वमा प्राप्त प्रजातन्त्रले मुलुकमा नागरिक अधिकार र उन्नत लोकतन्त्रको अभ्यास सम्भव भएको बताए । उनले संस्थापक नेता विपी कोइरालाको नेतृत्वमा भएको २००७ सालको आन्दोलनले मुलुकमा प्रजातन्त्रको उदय भएको स्मरण गराउँदै आजको दिनमा पार्टीलाई सुदृढ र सबल बनाउन सबै नेता कार्यकर्ताले प्रण गर्नुपर्ने बताए । हमालले प्रजातन्त्र दिवसले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रेरणा दिने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस बाँकेका सभापति गौडेलले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्र आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताए । नेपाली कांग्रेसले प्रजातन्त्र र लोकतन्त्र स्थापना वा पुनःस्थापना गर्न गरेको संघर्षको जगमा अहिलेको शासन व्यवस्था सम्भव भएको बताउँदै उनले सहिदहरुको सम्झना र उनीहरुले देखाएको बाटोबाट दिग्भ्रमित हुन नहुने बताए । गौडेलले सहिदहरुलाई सम्झँदै भने-"प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।” 

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुशिला बादीले कांग्रेसको नेतृत्वमा आएको प्रजातन्त्रको जगमा अहिलेका परिवर्तनहरु सम्भव भएको भन्दै ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । कार्यक्रमको सञ्चालन पार्टी सचिव सुधांशु कोइरालाले गरेका थिए । दिप प्रज्वलन कार्यक्रममा निवर्तमान पार्टी सभापति किरण कोइराला, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता लगायत अन्य नेता कार्यकर्ता उपस्थित थिए ।

नेपाली कांग्रेस बाँकेले वडास्तरसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन निर्देशन दिएको थियो । त्यस अनुसार सबैतिर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको सचिव कोइरालाले बताए ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …