Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सुशील कोइरालाको स्मृतिमा रक्तदान

डेक्स

डेक्स

सुशील कोइरालाको स्मृतिमा रक्तदान
ADVERTISEMENT

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले  रक्तदान गरेका छन ।   पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति स्वर्गीय सुशिल कोइरालाको सातौं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाँकेले  पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री एवम् काँग्रेस बाँकेका पूर्व पार्टी सभापति गजेन्द्रबहादुर हमालले स्वर्गीय कोइरालाको सादगी जीवनशैली सबैको लागि प्रेरणादायी रहेको बताउनुभयो। कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै हमालले संविधान जारी गर्न कोइरालाले लिएको चट्टानी अडान नेपालीले सदैब सम्झिरहने उल्लेख गर्नुभयो । 

काँग्रेस बाँकेका सभापति गौडेलले स्वर्गीय कोइरालाले नेपाली राजनीतिमा पुर्याएको योगदान विशिष्ट रहेको चर्चा गर्दै उहाँ नेपाली राजनीतिको आदर्श व्यक्तित्व भएको बताउनुभयो । उहाँले कोइराला यस क्षेत्रका लागि ुगौरबपूर्ण व्यक्तित्वु रहेको बताउँदै उहाँले देखाएको बाटोमा अग्रसर भए कांग्रेसले कहिल्यै हार्नुनपर्ने जिकिर गर्नुभयो ।  रगत अभावमा विरामीहरुले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्य राखेर रक्तदान कार्यक्रमको आयोजना गरिएको  गौडेलले जानकारी दिनुभयो ।  

पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन पार्टी सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो । कांग्रेस बाँकेले पार्टीलाई सामाजिक र मानवीय सेवामा जोड्ने उद्देश्यले केही समय यता जनस्तरमा पुग्ने गरी कार्यक्रम गर्दै आएको प्रबक्ता डिल्ली गिरीले बताउनुभयो ।

रक्तदान कार्यक्रममा नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापतिहरु कृष्णमान श्रेष्ठ र सनतकुमार रेग्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी ९भोला०, लुम्बिनी प्रदेशका सांसदहरु बादशाह कुर्मी, माया पुन, निवर्तमान सांसद सुरेन्द्र हमाल, कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्यहरु कृष्णाकुमारी सापकोटा ९चौधरी०, दिक्षा कोइराला, पार्टी उपसभापति कृष्णबहादुर कार्की, सहसचिव रेणुसिंह ठाकुर र विनोदकुमार चौधरी, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता लगायत नेता, कार्यकर्ता सहभागि हुनुहुन्थ्यो । 

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीसहितको प्राविधिक टोली रक्तदान कार्यक्रममा खटिएको थियो । रक्तदान गर्ने व्यक्तिहरुलाई पार्टीले कदरपत्र प्रदान गरेको थियो । यस्तै रक्तसञ्चार केन्द्रलाई पनि सभापति गौडेलले कदरपत्र प्रदान गरेका थिए । 
 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …