Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

वाचा होइन काम गर्ने अठोट छ : इश्तियाक राई

डेक्स

डेक्स

वाचा होइन काम गर्ने अठोट छ : इश्तियाक राई
ADVERTISEMENT

नेपालगन्ज २५ कात्तिक । जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्ना प्रतिवद्धताहरूका दस्तावेजका रूपमा राख्न र चुनावपछि पूरा हुन नसकेका कामहरूप्रति प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन्। 
क्षेत्र नं २ का विभिन्न ठाउँहरूमा शुक्रबार भएका चुनावी सभाहरूलाई सम्बोधन गर्दै उनले उम्मेदवारहरूलाई प्रश्न गर्नका लागि कसैलाई पनि नडराउन भनेका हुन्। 
उम्मेदवारमाथि प्रश्न गर्नु हरेक मतदाताको अधिकार भएको भन्दै उनले त्यो उम्मेदवारका लागि खबरदारी हुने पनि बताए। 
‘म कहिल्यै कतै भागेको छैन। जिते पनि जनतासँगै हुनेछु। अहिले पनि सँगै छु। हारे पनि म जनताकै बीचमा हुनेछु’ उनले भने ‘मैले यो क्षेत्रको विकासका लागि के के काम गर्छु भनेर सबै कुरा लेखेरै दिएको छु। त्यसलाई सुरक्षित राख्नुहोला, फेरि पाँच वर्षपछि मलाई सोध्न डराउनुपर्नेछैन।’
जनतालाई कुनै झुटा वाचा र सपनाहरू आफूले नबाँडेको भन्दै चुनावमा वाचा वा प्रतिवद्धता भन्दा पनि काम गर्ने अठोट गरेको उनले बताए। 

दिनप्रतिदिन जसपाका उम्मेदवारहरूप्रति आम मतदाताको उत्साह बढ्दै गएको र त्यो उत्साह देखेर प्रतिपक्षीहरू अत्तालिएकोसमेत उनले बताए। तर अरूका भ्रम र सपनाहरूका पछाडि नलागेर काम गर्नसक्ने उम्मेदवारलाई मत दिन पनि उनले आग्रह गरे। 
राईले धर्म वा जाति र सम्प्रदायको लागि नभएर यो क्षेत्रको समग्र विकासका लागि जसपाका उम्मेदवारहरूलाई मतदान गर्न पनि सम्झाएका छन्।

‘गर्छु भनेका कामहरू मैले जसरी पनि गरिरहेको छु। नसक्ने काम गर्छु भनेर जनतालाई मैले कुनै झुटा सपना र वाचाहरू बाँडेको छैन। बाँड्ने पनि छैन’ उनले भने ‘विकास भइरहेको छ। अझै हुन्छ। मैले जसरी पनि यो क्षेत्रमा विकासको नयाँ लहर ल्याउने नै छु। लेखेरै दिएको छु सबै मतदाताहरूलाई। मतदाताको विश्वास कहिल्यै पनि तोड्ने छैन।’ 
भावी पुस्ताले गर्व गर्नेगरी आफ्नो क्षेत्रको विकासका लागि जीवनभरि लडिरहने भन्दै राईले त्यसका लागि मतदाताले देखाएको उत्साह र प्रेमका कारण आफूले कहिल्यै नहार्ने पनि बताए। 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …