Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सबै धर्म, सँस्कृती संरक्षणमा जोड : राठौर

सम्वाददाता

सम्वाददाता

सबै धर्म, सँस्कृती संरक्षणमा जोड : राठौर
ADVERTISEMENT

नेपालगन्ज २२ कात्तिक । सबै धर्म, सँस्कृतीको संरक्षण र सम्वद्र्धन गर्नका लागि पाँच दलिय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले आफु निर्वाचित भएपछि सबै धर्म, सँस्कृतीको संरक्षण र संम्बद्र्धनमा जोड दिने बताउनुभयो । 
बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ स्थित जोगागाउँमा मंगलबार कात्तिक पूर्णिमा नहान मेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका सहमहामन्त्री राठौंरले विधिध धर्म र सँस्कृती भएको देशमा सबैको धर्म र सँस्कृतीको सम्मान गर्ने पार्टी नै नेपाली कांग्रेस भएको बताउनुभयो । 

मेला सफलताको शुभकामना दिदै नेता राठौंरले भन्नुभयो, ‘जानकी गाउँपालिकाले यस मेलालाई सहयोग गर्ने र प्रवद्र्धन गरेको मैले पाए, यो राम्रो कुरा हो ।’ पाँच दलिय गठबन्धनका कारण आफु बर्दिया क्षेत्र नम्बर २ छाडेर बाँकेको क्षेत्र नम्बर ३ मा निर्वाचन लड्न आएको बताउनुभयो । 
बाँके र बर्दियामा मेरो ६० वर्षदेखी घर छ, सुशिल दाई र मेरो एउटै निर्वाचन क्षेत्रमा पर्ने भएको हुनाले म परिस्थितीले गर्दा म बर्दियामा गएको थिए,’ उम्मेदवार राठौंरले भन्नुभयो म बाँके र बर्दियाको विकासलाई म जोड्न चाहन्छु, बाँके र बर्दिया मेरो ठाउँ हो ।’ आफुले आगामी दिनमा मन्दिर, मस्जिद, चर्च, गुरुद्धारा, गुम्बामा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 
कार्यक्रमका विशिष्ट अतिथी एवम् बाँके प्रदेश सभा ३ (क) का उम्मेदवार बादशाह कुर्मीले सबै समुदायको धर्म, सँस्कृती संरक्षण र सम्वद्र्धन गर्नका लागि पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिनुभयो । आफु निर्वाचित भएपछि जोगागाउँ मेलालाई अझ ब्यवस्थित रुपले सञ्चालन गर्न बजेट छुट्याउने बताउनुभयो ।  

जोगागाउँलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्नेमा उहाँले जोड दिनुभयो । आफु संविधान सभा सदस्य रहँदा जोगागाउँ क्षेत्रमा धार्मिक संस्था र बाटोमा बजेट हालेको स्मरण गनुभयो ।  उक्त कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले मेला सञ्चालनका लागि गाउँपालिका कार्यालयले आवश्यक सहयोग गरेको बताउनुभयो । आगामी निर्वाचनमा मतदाताले सही उम्मेदवारको पहिचान गर्नुपर्ने अध्यक्ष खाँको सुझाव छ । कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक, राजनीतिक दलका प्रतिनिधी, उम्मेदवार, जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …