Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राजनीति र समाजसेवामा समर्पित - बर्मा

सम्वाददाता

सम्वाददाता

राजनीति र समाजसेवामा समर्पित - बर्मा
ADVERTISEMENT

नेपालगञ्ज ३० असोज। नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार राजकुमार वर्मा यतिबेला चुनावी अभियानमा होम्मिसक्नुभएको छ । आफ्नो उर्जाशील समय यही राजनीतिमा समर्पण गरेका वर्मालाई पार्टीले टिकट दिएसँगै यतिबेला उक्त क्षेत्रबासी उत्साहित समेत देखिनुभएको छ । 

राजनीति तथा समाजसेवाका माध्यमबाट वर्माले आम नागरिकलाई पुर्याएको योगदानका कारण पनि वर्माप्रति धेरैको सद्भाव र सहानुभूति देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका २२ पुरैनी निवासी वर्मा बाँकेकै पुराना नेताका रुपमा परिचित हुनुहुन्छ  ।

२०७० सालको संबिधानसभा निर्वाचनमा थोरै मतले उहाँ एमालेका दिनेशचन्द्र यादवसँग पराजित हुनुभएको थियो । उक्त निर्वाचनमा तत्कालीन श्रम मन्त्री मोहम्मद इस्तियाक राई तेस्रो स्थानमा खुम्चिएका थिए ।

२०३६ सालको जनमत संग्रहमै वर्मा तत्कालीन पुरैनी गाविसमा पार्टीका तर्फबाट प्रतिनिधिमा बसेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभयो ।

२०३८ सालमा महेन्द्र वहुमुखी क्याम्पसमा नेविसंघको सदस्य, २०४६ सालको आन्दोलनमा सक्रियतापूर्वक सहभागी हुनुभएका वर्माले बाँके क्षेत्र नम्बर २ मा तीन पटक क्षेत्रीय सभापतिमा निर्वाचित भएर पार्टीको संगठन सुदृढीकरण र विस्तारमा अहम् भूमिका निर्वाह गर्नुभयो । चार पटक महासमिति सदस्यमा निर्वाचित भईसक्नुभएका वर्मासँग तत्कालीन जिल्ला विकास समितिको सदस्यको भूमिका निर्वाह गरेको अनुभव समेत छ । उहाँले २०६४ सालको संबिधानसभा निर्वाचनमा पार्टीको तर्फबाट समानुपातिक समावेशी कोटामा समेत टिकट प्राप्त गर्नुभएको थयो । 

वर्माले राजनीतिमा मात्र नभएर सामाजिक सेवाका क्षेत्रमा पनि आफूलाई स्थापित गर्नुभएको छ । रेडक्रस, विद्यालय व्यवस्थापन समिति, सहकारी, नेपाल नेत्र ज्योति संघ फत्तेवाल आँखा अस्पताल जस्ता सामाजिक तथा मानवीय सेवामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

कानुनी संकायमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका वर्माले आफ्नो सम्पूर्ण उर्जाशील समय राजनीति, समाजसेवा र मानवीय सेवामा समर्पित गरेकै कारण यो पटकको निर्वाचनमा आफूलाई मत दिन आव्हान गर्नुभयो ।

जनप्रतिनिधिका रुपमा निर्वाचित भएर अबको पाँच वर्ष विकास र सम्बृद्धिमा खर्चिने उहाको योजना रहेको निर्वाचन परिचालन र व्यवस्थापनमा खटिएका आशिष वर्माले बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …