Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

वैदेशिक रोजगारबाट फर्किएकाको सीपलाई स्थानीय विकाससँग जोड्दै कोहलपुर

डेक्स

डेक्स

वैदेशिक रोजगारबाट फर्किएकाको सीपलाई स्थानीय विकाससँग जोड्दै कोहलपुर
ADVERTISEMENT

कोहलपुर ६, जेठ । बाँके कोहलपुरमा वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरूको अनुभव, सीप, पुँजी र प्रविधिलाई स्थानीय उत्पादन तथा उद्यमसँग जोड्ने उद्देश्यले पुनः एकीकरण कार्यक्रम गरिएको छ । आप्रवासी श्रमिक संरक्षण सञ्जालको संयोजन तथा कोहलपुर नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको सीप र अनुभवलाई स्थानीय विकासमा उपयोग गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा जान चाहनेदेखि विदेशबाट फर्किएकासम्मलाई लक्षित गर्दै नगरपालिकाले छुट्टै शाखा स्थापना गरी सीपमूलक तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। नगर प्रमुख आचार्यले वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारलाई वित्तीय साक्षरता, मनोसामाजिक परामर्श तथा सामाजिक सुरक्षासम्बन्धि सेवा समेत प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। 

नगर उपप्रमुख संगिता सुवेदीले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप र अनुभव नै स्थानीय सरकारको महत्वपूर्ण पुँजी भएको बताउनुभयो। उहाँले विदेशमा सिकेको ज्ञान र प्रविधिलाई स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनुभयो।

आप्रवासी श्रमिक संरक्षण सञ्जालका अध्यक्ष खड्क चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्माले प्रकाश पानुृभएको थियो । कार्यक्रममा सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विकसहित जनप्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई लोकराज सञ्जाल र दिपेन्द्र जोशी लगायतले सहजीकरण गर्नुभएको थियो ।

वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई पुनःस्थापनासँगै उनीहरूको सीप र अनुभवलाई स्थानीय अर्थतन्त्रसँग जोड्दै आत्मनिर्भर समाज निर्माणमा टेवा पुर्याउन कार्यक्रम गरिएको रोजगार सेवा केन्द्रका संयोजक वर्माले बताउनुभयो । त्यसक्रममा सहभागीहरुले आफ्नो अनुभव तथा स्थानीय सरकारसँगको अपेक्षाहरु खुलेर राखेका थिए ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…