Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

आलुको बीउ ‘ग्रेडिङ’ गर्दै डुडुवाका किसान मौर्य

डेक्स

डेक्स

आलुको बीउ ‘ग्रेडिङ’ गर्दै डुडुवाका किसान मौर्य
ADVERTISEMENT

नेपालगन्ज १९ चैतः बाँकेको डुडुवा गाउँपालिकाका किसान जयपाल मौर्य अहिले आलुको बीउ ‘ग्रेडिङ’मा व्यस्त हुनुहुन्छ । गत वर्षमात्रै जिल्लाबाट राष्ट्रपति कृषक पुरस्कार प्राप्त गर्नुभएका ४३ वर्षीय किसान मौर्यले एक सय एक कट्ठा जमिनमा लगाइएको आलुको बीउ ग्रेडिङ भइरहेको जानकारी दिनुभयो । 

बीस वर्षदेखि कृषिमा संलग्न उहाँले अनुमानित आठ सय क्विन्टल बीउ उत्पादन गरेर स्थानीय सरकारले जिल्लामा निर्माण गरेका ‘कोल्ड स्टोर’मा संरक्षण गरेको बताउनुहुन्छ । “आलुको बीउ ग्रेडिङ जारी रहेको छ, एक सातादेखि भइरहेको यो काम शुक्रबार सकिने छ”, मौर्यले भन्नुभयो । 

उन्नत प्रकारको ‘कार्डिनल’ जातको सो आलुको बीउ विगतका वर्षमा थोरै मात्रामा उत्पादन हुने गरेको उल्लेख गर्दै उहाँले यस वर्ष धेरै जमिनमा लगाइएको कारण पनि उत्पादन बढेको बताउनुभयो । त्यसका लागि यस वर्ष करिब रु पाँच लाख लगानी भएको जानकारी दिँदै मौर्यले आलु रोप्ने सिजनमा ‘कोल्ड स्टोर’बाट ल्याएर रु ३५ देखि रु ५५ सम्म प्रतिकेजीमा बिक्री हुने गरेको उल्लेख गर्नुभयो । यसबाट करिब रु १२ लाख बराबरको कारोबार हुने विश्वास व्यक्त गर्नुभयो । 

कात्तिक मसान्त वा मङ्सिर महिनामा लगाएको आलुको बीउ उत्पादन गर्न ९० देखि १२० दिनसम्म लाग्ने गरेको किसानको अनुभव छ । कोल्ड स्टोरमा बीउ राख्दा प्रतिकेजी रु चार शुल्क तिर्नुपर्छ । कोल्ड स्टोर डुडुवाबाहेक कोहलपुरमा पनि रहेको छ । 

कृषि ज्ञान केन्द्र, नेपालगन्जले प्रदान गरेको आलुको उन्नत जातको पीबीउस दानाबाट आफूले आलुको बीउको उत्पादन गरेको मौर्यले बताउनुभयो । कृषि ज्ञान केन्द्र, बाँके, नेपालगन्जका प्रमुख विनोद घिमिरेले आलुको पीबीउस दानालाई दोस्रो र तेस्रो पुस्ताका रूपमा लैजान सकिने उल्लेख गर्दै आलु बीउको क्षेत्र विस्तारमा जोड दिइएको बताउनुभयो । 

ज्ञान केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत सन्तोष पाठकले आलुको बीउ उत्पादनका लागि किसानले अनिवार्य तालिम पनि लिनुपर्ने अवस्था आएको बताउनुभयो।  अन्यथा आलुको बीउ उत्पादन गर्न किसानलाई कठिनाई हुने उहाँको भनाइ छ । 

अधिकृत पाठकले सिन्धुपाल्चोकबाट ल्याइएको पीबीउस दानाबाट बाँकेमा आलु बीउ उत्पादन राम्रो भएको जानकारी दिनुभयो । किसान मौर्यलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराइएको थियो ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …