Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

न्यायप्रणाली लयमा फर्किएको छः प्रधानन्यायाधीश राउत

डेक्स

डेक्स

न्यायप्रणाली लयमा फर्किएको छः प्रधानन्यायाधीश राउत
ADVERTISEMENT

नेपालगञ्ज ४ चैतः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका कारण न्यायप्रणाली विस्तारै लयमा फर्किएको बताउनुभएको छ ।  

उहाँले आज बाँकेका कानुन व्यवसायीसँग छलफल गर्दै न्यायिक सुशासन, जलेका मिसिलको व्यवस्थापन, तथा न्यायालयप्रतिको दृष्टिकोण सुधारलगायत विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो । प्रधानान्यायाधीश राउतले जेनजी आन्दोलनपछि जलेका मिसिलको व्यवस्थापन र न्याय क्षेत्रमा पुनःप्रेरणा प्रदान गर्ने विषयलाई प्राथमिकता दिइएको बताउनुभयो । 

उहाँले सर्वोच्च अदालतमा करिब २० हजार मिसिल जलेको अवस्थामा हालसम्म १९ हजार मिसिल कायम गरिसकिएको जानकारी दिँदै मोफसलका अदालतमा जलेका मिसिलको पुनःतयारीका लागि आफूले केन्द्रस्तरबाट महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय गरिरहेको बताउनुभयो । 

अदालत राम्रोसँग सञ्चालन भए कानुन व्यवसायी पनि सन्तुष्ट हुने उल्लेख गर्दै प्रधानन्ययाधीश राउतले मिसिल पुनःस्थापना र न्याय सम्पादनमा सहयोग पु(याउन कानुन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले अदालत जल्नुमा अदालतलाई हेर्ने नकारात्मक दृष्टिकोणले पनि भूमिका खेलेको हुनसक्ने उल्लेख गर्दै यसको समीक्षा आवश्यक रहेको धारणा राख्नुभयो । 

बदलिँदो सन्दर्भमा अदालत मात्र होइन, न्यायालयलाई हेर्ने दृष्टिकोण किन नकारात्मक बन्न पुग्यो भन्ने प्रश्नमा गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो । प्रधानन्यायाधिश राउतले बदलिँदो परिवेशअनुसार अदालत र कानुन व्यवसायी दुवैले आफूलाई समयानुकूल बदल्नुपर्नेमा जोड दिनुभयो ।  

न्यायिक सुशासनका सवालमा कानुन व्यवसायीले उठाएका जिज्ञासाको सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले अदालतसँगै कानुन व्यवसायीले पनि आफ्नो वकालतको प्रकृति समयअनुसार रूपान्तरण गर्नुपर्ने बताउनुभयो । 

बाँकेका कानुन व्यवसायीहरूले अहिलेसम्म मुद्दाका मिसिल कायम नभएका कारण सुनुवाइमा ढिलाइ भएको, बालबालिकासम्बन्धी मुद्दाको सुनुवाइ प्रभावित भएको, तथा न्यायका उपभोक्ताको सहज पहुँचमा समस्या परेको विषय उठाएका थिए ।  

सो अवसरमा कानुन व्यवसायी समूहका तर्फबाट अधिवक्ता वसन्त गौतमले सार्वजनिक सरोकारका विषयमा अदालतबाट भएका महत्वपूर्ण फैसलाहरूको सङ्गालो प्रधानन्यायाधीश राउतलाई प्रदान गर्नुभएको थियो । यसअघि प्रधानन्यायाधिश राउतले जेनजी आन्दोलनबाट जलेका भवनको निरीक्षणसमेत गर्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …