Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बढैयातालमा मतदाता शिक्षा

डेक्स

डेक्स

बढैयातालमा मतदाता शिक्षा
ADVERTISEMENT

नेपालगन्ज १५ फागुन । फागुन २१ गते हुने ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’लाई लक्षित गरि बर्दियाको बढैयाताल गाउँपालिकामा मतदाता शिक्षा कार्यक्रम गरिएको छ । गाउँपालिकाको वडा नं. ६ का स्थानीयहरुलाई मतदाता शिक्षा प्रदान गरिएको हो । 

महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निर्वाचनमा मतदानका बारेमा जानकारी दिएको हो । अभिमुखीकरणका सहभागीले विभिन्न निर्वाचनमा भाग लिएपनि अहिलेसम्म मतदान बारे राम्रो ज्ञान नभएर मत बदर हुने गरेको भन्दै जनचेतनाको आवश्यकता रहेको बताएका थिए । 

अभिमुखीकरणमा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार, मतदाताको कर्तव्य, स्वतन्त्र मतदान, गोप्य मतदान, मतदानको दिन पालना गर्नुपर्ने नियम, मतदानका चरण, मत बदर हुने अवस्था र मतपत्रमा ध्यान दिनुपर्ने कुरा लगायतका बारेमा राकेश कुमार मिश्र र एञ्जिला ज्ञवालीले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सहभागी महिलाहरुलाई मतदान बारे अभ्यासका लागि नमूना मतदान समेत गराइएको थियो । कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष शुक्रराज सापकोटाले मतदाता शिक्षाप्रति सबैको ध्यान केन्द्रीत गर्दै संबैधानिक हकको रुपमा रहेको मताधिकारलाई स्वतन्त्रपुर्वक प्रयोग गरी मतदानमा सहभागी हुन अनुरोध गर्नुभयो । उहाँले नागरिकलाई निर्वाचनलक्षित मतदान शिक्षा बारे गाउँसमुदायमा अभियान संचालन गर्नुपर्ने जोड दिनुभयो । 

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । अभिमुखीकरणमा करिब ६५ जना स्थानीयहरुको सहभागिता रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …