Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कांग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता-पत्र सार्वजनिक

डेक्स

डेक्स

कांग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता-पत्र सार्वजनिक
ADVERTISEMENT

बाँके ११ फागुन । नेपाली कांग्रेसले बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेलको प्रतिवद्धता(पत्र सार्बजनिक गरेको छ । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने संकल्पका साथ राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा सोमबार एक औपचारिक कार्यक्रमका बीच उक्त पत्र सार्वजनिक गरिएको हो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषणराज केसीको सभापतित्व एवम् कांग्रेस बाँकेका सभापति एवम् उम्मेदवार गौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले स्वागत गर्दै उद्देश्यमाथी प्रकाश पार्नुभयो ।

उम्मेदवार गौडेलले आफ्नो प्रतिवद्धतामा सुशासन पारदर्शिता र जनउत्तरदायी शासन ब्यवस्था, शिक्षा र स्वास्थ्य, पुर्वाधार र शहरी विकास, कृषि उद्योग ब्यापार र रोजगारी, युवा तथा खेलकुद, महिला असहाय बालबाबालिका जेष्ठ नागरिक तथा सिमान्तकृत समुदाय, सँस्कृति पर्यटन वन तथा वातावरण, खानेपानी तथा सरसफाई, सञ्चार तथा पत्रपत्रिका लगायत विषयहरुलाई मुख्य रुपमा समेटेका छन् ।

प्रतिवद्धता पत्रमा भ्रष्टाचार मुक्त शासन ब्यवस्था स्थापित गर्ने र भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अपनाइने, संघीय बिद्यालय शिक्षा ऐन जारी गर्न पहल गरिने, बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर १ लाई शिक्षाको हवको रुपमा विकास गर्न नीति लिइने, कोहलपुर नगरपालिकाको रिङरोडलाई पूर्णता दिइने र कोहलपुरलाई यस क्षेत्रको ब्यवस्थित शहरको रुपमा विकास गर्न आवश्यक पहल गर्ने उल्लेख गरिएको छ ।

यस्तै बजेट विनियोजन भईसकेको राप्ती सोनारीको बैजापुर कुम्भरदेखी नरैनापुर जोड्ने बाटो तत्काल निर्माण प्रक्रियामा अगाडी बढाउन पहल गरिने, कृषकलाई मल बीउ र औजार सहज रुपमा उपलब्ध गराउन पहल गरिने, राप्ती सोनारी र नरैनापुरमा रहेका रंगशालाको स्तरोन्नतीका साथै ब्यवस्थित गर्न पहल गरिने लगायत रहेका छन् ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …