Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

‘शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत सम्बोधन गर्छ’ : गौडेल

डेक्स

डेक्स

‘शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत सम्बोधन गर्छ’ : गौडेल
ADVERTISEMENT

कोहलपुर फागुन ६ । चुनावी माहोल तात्दै जाँदा शिक्षासँग जोडिएका मुद्दालाई केन्द्रमा राख्दै बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलले शिक्षकका मागहरुलाई कानुनी रुपमै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ मा आयोजित नेपाल शिक्षक संघ राप्ती सोनारीको आठौं स्थानीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै गौडेलले शिक्षक समुदायसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधान गर्ने नीति आफूहरुको रहेको बताउनुभयो । 

‘कांग्रेस बदलिएर आएको छ, देश बदल्ने संकल्पका साथ अघि बढेको छ भन्ने कुरा आम नागरिकसम्म पुर्याउन आवश्यक छ,’ उहाँले भन्नुभयो । गौडेलले शिक्षक संघलाई पनि वर्तमान परिस्थितिबारे आम नागरिकलाई सचेत बनाउन सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।

उहाँले पार्टीका नेता–कार्यकर्ता र समर्थकहरुलाई एक ढिक्का भएर चुनावी अभियानमा जुट्न आब्हान गर्दै मतदातालाई ‘मुख हेरेर होइन, रुख हेरेर भोट हाल्नुहोस्’भन्ने सन्देश घरघरमा पुर्याउन आग्रह गर्नुभयो । 

उक्त कार्यक्रम नेपाल शिक्षक संघ राप्तीसोनारीका अध्यक्ष दलबहादुर ओलीको अध्यक्षता एवम् राप्ती सोनारी गाउँपालिकाका कार्यबाहक अध्यक्ष मनिषासिंह थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारु, नेपाली कांग्रेसका क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान सभापति माधवराम खत्री, महासमिति सदस्य महाबीर ओली, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य पवन यादव, संघ लुम्बिनी प्रदेशका सल्लाहकार दोर्ण ओली लगायतले पनि आफ्नो धारणा राखेको शिक्षक संघ राप्ती सोनारीका सचिव खडानन्द डाँगीले जानकारी दिनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …