Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ’ : उम्मेदवार पुन

डेक्स

डेक्स

‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ’ : उम्मेदवार पुन
ADVERTISEMENT

बाँके (खजुरा), फागुन ६ । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार अमरसिंह पुनले विभिन्न आन्दोलनका नाममा नागरिकका सम्पक्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्ने बताउनुभएको छ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति समेत रहेका उम्मेदवार पुनले नेपाली नागरिकले दुःख पाउने, नागरिकले ज्यान गुमाउने आन्दोलनलाई उकास्ने कार्यको बिरोध गर्दै कांग्रेसले त्यसको अन्त्यको लागि काम गर्ने बताउनुभयो ।

विभिन्न आन्दोलनका नाममा देशका सार्वजनिक सम्पदा, सार्वजनिक सम्पक्ति र महत्वपुर्ण कार्यालय जलाउने कार्यलाई कुनैपनि राजनितिक दलले प्रसय दिने काम गर्न नहुने बताउनुभयो । समाज भड्काउने, धर्म, सँस्कृति र जातिय विभेदलाई बढावा दिने कुनैपनि राजनितिक दल र नेताको भनाईमा विश्वास नगर्न पुनले बाँके क्षेत्र नम्बर ३ का मतदातालाई अनुरोध गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘यो देशको समृद्धि हामी सबै मिलेर गर्ने हो । हिमाल, पहाड र तराईमा बस्ने सबै नागरिकका समस्यालाई हामीले सम्बोधन गर्ने प्रयास गर्नु पर्छ । नागरिक प्रति सबै राजनिति दल उत्तरदायी हुनुपर्छ । तर यहाँ नागरिकका समस्या, नागरिकका प्रश्नबाट भाग्ने नेताहरु पनि चुनावी मैदानमा छन् । यसले पनि यहाँहरु नागरिक प्रति कत्ति उत्तरदायी छन् भन्ने देखाउँछ ।’ 

बाँके क्षेत्र नम्बर ३ को समृद्धिको लागि आफुले इमानदारितका साथ काम गर्ने बताउँदै पुनले भेरी(बबई डाईभर्सन, सिक्टा सिचाइँ आयोजनाका अधुरा कामहरु पुरा गर्न आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो।

प्रदेश सभापति पुनले नेपालको पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाल(भारत सीमा क्षेत्रका नागरिकले भोगिरहेका समस्या समाधानका लागि कांग्रेसले नीतिगत रुपमा पहल थाल्ने प्रतिवद्धता जनाउनुभयो । 

लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई बाँके क्षेत्र नम्बर ३ को समृद्धिसँग जोडनुपर्ने उहाँको भनाई छ । प्राविधिक विश्व विद्यालय अहिलेको आवश्यकता भएको बताउँदै कांग्रेस उम्मेदवार पुनले युवालाई देशमै रोजगार सृजना गर्ने थलोका रुपमा विश्व विद्यालयलाई बनाउन जरुरी रहेको धारणा राख्नुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …