Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव

डेक्स

डेक्स

स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
ADVERTISEMENT

नेपालगन्ज, फागुन ६ । बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालासँग मतदाताले सादगी नेता स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन सुझाव दिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा बुधबार बिहान आयोजित भेटघाट तथा घरदैलोका क्रममा कोइरालाले मतदातालाई ढोग गर्दै र हात जोड्दै कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेर जिताउन अनुरोध गरेका थिए ।

त्यसक्रममा घर–घरबाट निस्केका महिला, पुरुष, युवा र बृद्धले कोइरालालाई स्वागत गर्र्दै सादगी नेता एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाले जस्तै गरेर सरल जीवन शैली र आफुमा कुनै दाग नलगाउन सुझाव दिए ।

‘तपाई पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइराला जस्तो साधारण जीवन शैली बोकेको, त्यागी नेताको परिवारको सदस्य हुनुहुन्छ, अहिले तपाई उम्मेदवार भएको कुरा थाहा पाउँदा हामी एकदमै खुसी छौं, बाँकेको क्षेत्र नम्बर २ का हामी मतदाताले तपाई जस्तो युवा उम्मेदवार पाएका छौं, यो नै खुसीको कुरा हो,’ एक स्थानीयले कोइरालालाई धाप मार्दै भने ।

घरदैलोका क्रममा स्थानीय स्तरमा महिला, पुरुष, युवा र बृद्धहरुले समेत कोइरालालाई हौसला दिएका थिए । ‘यसपटक यो क्षेत्रमा जित्ने पालो कांग्रेसको हो, सुशिल कोइराला पछि कांग्रेसले जित्न नसकेको यो क्षेत्रमा यसपटक युवा नेता शुधान्सु कोइराला जत्तिको उम्मेदवार पाउनु नै हाम्रो लागि शौभाग्य हो,’ स्थानीय एक युवाले भने, ‘म कुनैपनि पार्टीको सदस्य छैन, तर म कांग्रेसलाई मतदान गर्छु ।’

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ का वडासभापति सञ्जय बर्माको नेतृत्वमा भएको उक्त घरदैलोका क्रममा उम्मेदवार कोइरालासँगै पार्टीका महासमिति सदस्य एवम् नेता राजकुमार बर्मा, महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, महासमिति सदस्य निजामुद्धिन अन्सारी ‘छोड्कौं’, पार्टीका युवा नेता एवम् तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र बहादुर शाह, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सचिव प्रदिप साह, युवा नेता रमेश तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …