Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’ : शुधान्सु कोइराला

डेक्स

डेक्स

‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’ : शुधान्सु कोइराला
ADVERTISEMENT

नेपालगन्ज, फागुन ५  । नेपाली कांग्रेसको बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले राप्ती नदिका कारण उत्पन्न डुवान र कटानको सवाल प्राथमिकतामा रहेको उद्घोष गर्नुभएको छ ।

डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा मंगलबार आयोजित नेपाली कांग्रेस वडा स्तरिय भेलालाई सम्बोधन गर्दै कोइरालाले राप्तीको बाढीका कारण वर्षौदेखि खेती योग्य जमीन डुवान र कटान भइरहेको भन्दै उहाँले डुबान नियन्त्रण र कटान रोकथामका लागि आवश्यक पहलकदमी लिने विश्वास दिलाउनुभयो ।

यूवा नेता कोइरालाले डुडुवाको समग्र समस्याबारे आफु जानकार मात्र नभई सम्वेदनशिल र जिम्मेवार रहने समेत दाबी गर्नुभयो । उहाँले डडुवाको कृषि उत्पादन वृद्धिका लागि उचित सिंचाई र मलखादको व्यवस्थाका लागि समेत आफु प्रतिवद्ध रहेको बताउनुभयो ।

राजनीतिमा संस्कार र इमानदारिता पनि जुरुरी रहेको बताउँदै उहाँले आफु त्यो संस्कारबाट दिक्षित भएको उल्लेख गर्नुभयो । समाजसेवा गर्नका लागि राजनीतिमा आएकाले जनताको हरेक सवालमा आफु समर्पित रहने उनको जीकीर थियो ।

नेपाली काँग्रेस महासमिति सदस्य राजकुमार बर्माले जनताको समस्या काँग्रेसले नै सम्वोधन गर्न सक्ने भन्दै यूवा उम्मेदवार कोइरालालाई जिताउने अवसर नगुमाउन आहवान गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बर्माले अन्य दलका झुठा आश्वासनमा विश्वास नगर्न पनि अपील गर्नुभयो ।

यस्तै नेपाली काँग्रेस महासमिति सदस्य नरेन्द्र कुमार चौधरीले पुरानो र भरपर्दो पार्टी काँगे्रस मात्रै भएकाले काँग्रेसकै उम्मेदवारलाई जिताउन अनुरोध गर्नुभयो । नेपाली काँग्रेस वडा न २ का सभापति रामकुमार गोडियाको सभापत्विमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस प्रदेश क सभापति ज्ञानेन्द्र चौधरीले स्वागत मन्त्व्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली काँगे्रस बाँकेका पुर्व सभापति किरण कोइराला लगायतको ठुलो उपस्थिती रहेको थियो ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …