Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कांग्रेस उम्मेदवार कोइरालासँग डुडुवाबासीको आशा र अपेक्षा

डेक्स

डेक्स

कांग्रेस उम्मेदवार कोइरालासँग डुडुवाबासीको आशा र अपेक्षा
ADVERTISEMENT

डुडुवा (बाँक) १ फागुन । नेपाली कांग्रेसको तर्फबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालासँग डुडुवा गाउँपालिका क्षेत्रका सर्बसाधारण नागरिकले विभिन्न आशा र अपेक्षा राखेका छन् ।

बाँके, क्षेत्र नम्बर २ अन्तरगत डुडुवा गाउँपालिका वडा नम्बर २ को बेतहनी, पिप्रहवा र पूर्वबाढी गाउँमा शुक्रबार मतदाता भेटघाट गर्न पुगेका उम्मेदवार कोइरालासँग सर्बसाधारण नागरिकले बर्खायाममा हुने डुबान, कटान समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन । 

यस्तै उनीहरुले किसानका लागि आवश्यक पर्ने सिंचाइँ, मल, बीउ समयमै उपलब्ध गराउनका लागि पहल गरिदिन अनुरोध पनि गरेका छन् । मतदाता भेटघाटका क्रममा उक्त गाउँका स्थानीय बासिन्दाले उम्मेदवार कोइरालालाई घर–घरमा स्वागत गर्दै जितको अग्रिम शुभकामना दिएका थिए ।

मतदाता भेटघाटका क्रममा उम्मेदवार कोइरालाले स्थानीय बासिन्दाले उठाएका मागलाई आफु निर्वाचित भएपछि सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मलाई अहिले निर्वाचित गराएर पठाउनुस्, म निर्वाचित भएर गएपछि तपाईले उठाएका मागहरु सम्बोधन गर्नका लागि आवश्यक पहल गर्नेछु,’ उहाँले भन्नुभयो, म अहिले जस्तो छु, भोलि सांसद भएपछि पनि यस्तै तपाईहरुसँगै सर–सल्लाह गरेर अगाडी बढ्नेछु ।

मतदाता भेटघाटका क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …