Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कांग्रेस उम्मेदवार कोइरालाद्धारा घरदैलो अभियान, मतदाताका समस्या बुझ्दै

डेक्स

डेक्स

कांग्रेस उम्मेदवार कोइरालाद्धारा घरदैलो अभियान, मतदाताका समस्या बुझ्दै
ADVERTISEMENT

नेपालगन्ज, २९ माघ । प्रतिनिधी सभा निर्वाचन २०८२ बाँके निर्वाचन निर्वाचन क्षेत्र नं.–२ मा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले मतदातासंग भेटघाट तथा घरदैलो अभियान तिब्र बनाउनु भएको छ । 

उहाँले निर्वाचन क्षेत्र अन्र्तगत नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँ टोलका मतदाताहरुसंग भेट्न घरदैलो गरिरहनुभएको छ । उम्मेदवार कोइरालाले आज विहीबार डुडुवा गाउँपलिकाको वार्ड नं. २ को बेतहनी, नौरीगौढी र बाणी गाउँका मतदाताहरुसंग भेटघाट गर्नुभएको छ । 

भेटघाटका क्रममा स्थानीयले गाउँघर समस्याका बारेमा कुरा सुनाउदै समाधानका लागि पहल गर्न अनुरोध गरेका छन । उनीहरुले गाउँघरमा नाला निमार्ण, संगुरो बाटो सडक गल्ली निमार्ण, खानेपानी धारा, माटो पटान, कृषि सिचाईको व्यवस्था, मलखादको सहज आपुर्ति, घरमै सामाजिक सुरक्षा भत्ताको वितरण लगायतका सवाल उठाएका थिए । 

नागरिक समस्या सुन्दै उम्मेदवार कोइरालाले आफु निर्वाचित भएमा वास्तविक समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले समुदायका समस्यालाई राम्रोसंग बुझेकाले उक्त समस्या समाधानका लागि नीतिगत रुपमा व्यवस्थापन गर्ने बताउनुभयो । 

मतदाता भेटघाटका क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय सरकारको बजेटले पशु, कृषि, स्वास्थ्य शिक्षाको विकास र विकास निमार्णको कार्यलाई प्राथमिकतामा राखेको र ठुलो आकारको बजेटबाट हुने कामका लागि प्रतिनिधी सभामा कोइरालामार्फत आवश्यक पहल गर्ने प्रतिवद्धता गर्नुभयो । 

उम्मेदवार कोइरालाले नेपालगन्ज उपमहानगपालिका र डुडुवाका मतदाताहरुसंग भेटघाट तथा छलफल कार्यक्रमलाई नियमित गर्दै आएको कांग्रेसका युवा नेता रमेश तिम्लिसेनाले जानकारी दिनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …