Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

‘चुनावमा आफ्नो टोल र सरोफेरो सम्हाल्नुस्’ कांग्रेस उपसभापति शर्मा

डेक्स

डेक्स

‘चुनावमा आफ्नो टोल र सरोफेरो सम्हाल्नुस्’ कांग्रेस उपसभापति शर्मा
ADVERTISEMENT

नोपालगन्ज, २७ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द र विमतिलाई विर्सिएर एक ढिक्का भई निर्वाचनमा जुटन आग्रह गर्नुभएको छ ।

निर्वाचन परिचालन एवम् प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेद्धारा आज नेपालगन्जमा आयोजित वृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको बताउनुभयो । 

शर्माले कांग्रेसले यस पटक करीब दुई तिहाई नयाँ उम्मेदवार बनाएको उल्लेख गर्नुभयो ।  “जेनजी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल कांग्रेस हो,’ उहाँले भन्नुभयो,–“देशलाई गाँस्ने पार्टी कांग्रेस हो । अब बन्ने सरकारले नागरिकमा आशा र भरोसा जगाउनुपर्नेछ, त्यो तागत कांग्रेससंग छ । 

इतिहास साक्षी छ, समन्वय, सहकार्य र एकता कायम गर्न सक्ने समाथ्र्य कांग्रेससंग छ ।’ शर्माले जो जहाँ जुन पदीय जिम्मेवारीमा छ, उसले आफू त्यहीँ खटिएर काम गर्नुपर्नेमा जोड दिनुभयो । “जो जहाँ जुन पदीय जिम्मेवारीमा हुनुहुन्छ, मत बटुल्न त्यहीँ खट्नुस्, अन्यत्र जाने काम नगर्नुस“, उहाँले भन्नुभयो–“आफ्नो टोल र सरोफेरो सम्हाल्नुस् ।“ 

भेलामा नेपाली कांग्रेस केन्द्रीय सदस्य गोपाल दहित, कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् निर्वाचन परिचालन मूल समिति संयोजक राजु खनाल, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमरसिंह पुन, क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेल, क्षेत्र नम्बर २ का उम्मेदवार शुधांसु कोइराला, समानुपातिक उम्मेदवार दुखीराम लोनियाले जनआकांक्षा सम्बोधन र संविधान रक्षाका लागि कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो । 

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भेलामा जिल्लाभरी अगुवा कार्यक्रर्ताहरुको सहभागिता रहेको थियो । 

–––
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …