Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

काँग्रेस बाँकेद्वारा भ्रातृ तथा शुभेच्छुक संघ–संगठनसँग छलफल

डेक्स

डेक्स

काँग्रेस बाँकेद्वारा भ्रातृ तथा शुभेच्छुक संघ–संगठनसँग छलफल
ADVERTISEMENT

नेपालगन्ज, २१ माघ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस बाँकेले आफ्ना भ्रातृ तथा शुभेच्छुक संघ–संगठनसँग बुधबार अन्तरक्रिया गरेको छ ।

कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा नेपालगञ्जस्थित पार्टी कार्यालयमा भएको अन्तरक्रियामा सहभागी भ्रातृ तथा शुभेच्छुक संघ–संगठनहरूले पार्टीका उम्मेदवारहरूको पक्षमा उभिन आफ्नो तर्फबाट खेल्न सक्ने भूमिकामा प्रतिबद्ध रहेको बताएका छन् । 

तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाहले तीन वटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार जिताउन युवाहरू परिचालन भइसकेको जानकारी दिनुभयो । किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुले महासंघमा आबद्ध सम्पूर्ण किसानहरु पार्टीको पक्षमा उभिएको उल्लेख गर्दै त्यसलाई थप क्रियाशील बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो । 

नेपाल प्रेस युनियनका अध्यक्ष प्रियास्मृति ढकालले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सञ्चारकर्मका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सोही अनुसार युनियनकर्मीहरु परिचालन गरिएको पनि जानकारी दिनुभयो । 

कार्यक्रममा नेविसंघ, नेपाल कर्मचारी युनियन, नेपाल राष्ट्रिय मगर संघ, नेपाल शिक्षक संघ लगायतका भ्रातृ तथा शुभेच्छुक संघ–संगठनका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अन्तरक्रियामा पार्टीका सचिव तथा क्षेत्र नं। २ का प्रतिनिधिसभा उम्मेदवार सुधांशु कोइराला, पार्टीका जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेणु सिंह ठाकुर, जिल्ला सदस्य उमा थापा लगायतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …