Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डेक्स

ADVERTISEMENT

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन गरिएको छ । वडा नं. ५ कम्दीस्थित बनक्षेत्रको छेउमा रहेको गौशालामा रहेका छाडा पशुहरुलाई चिसोबाट जोगाउन न्यानो कपडा (कम्बल)को व्यवस्थापन गरिएको हो । 

गौशालामा रहेका करिब ५० वटा गाई, बाछा, बाछी र गोरुलाई न्यानो कम्बलले ओढाएर व्यवस्थित रुपमा गोठमा व्यवस्थापन गरिएको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार चिसो मौसममा गोठभित्र रहेका गाई गोरुलाई चिसोबाट जोगाउन न्यानो पारिएको हो । 

पशुहरुको चाराका लागि पराल र भुससंगै एक जना जनशक्तिमार्फत हेरचाहको व्यवस्था गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । गौशालामा पालिका आसपास तथा भारतीय नाकाबाट आएका छाडा चौपायालाई गौशालामा राखिएको छ ।

पालिकाका प्राविधिक शाखाका मदनेश्वर झाले गौशालामा रहेका छाडा चौपायालाई न्यानोका लागि गौशालाका कर्मचारी दामोदर यादवलाई कम्बल हस्तान्तरण गर्नुभयो । डुडुवाले गौशालामा निमार्ण गरेको दुई वटा गोठमा करिब एक सय पशू राख्ने क्षमता रहेको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …