Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा अधिकास युवा उम्मेदवार

डेक्स

डेक्स

बाँकेमा अधिकास युवा उम्मेदवार
ADVERTISEMENT

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहरुमध्ये अधिकांश नयाँ र युवा उम्मेदवार रहेको पाइएको छ । यसअघिका निर्वाचनमा अधिकांश पुराना तथा पटक–पटक उम्मेदवार बनेकाहरुको वर्चस्व रहने यस जिल्लामा यस पटक केहीलाई छोडेर अधिकांश उम्मेदवार नयाँ र युवा रहेका छन् ।

जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ६१ जनामध्ये अधिकांश उम्मेदवार युवा र नयाँ रहेकोले यस पटक कडा प्रतिस्पर्धा हुने आशा गरिएको छ ।

नेपाली कांग्रेसले तीनवटै क्षेत्रमा नयाँ उम्मेदवारलाई अवसर दिएको छ । कांग्रेसबाट क्षेत्र नम्बर १ मा नारायण गौडेल, २ बाट सुधान्सु कोइराला र ३ बाट अमरसिंह पुन मैदानमा हुनुहुन्छ ।

नेपाली कम्युनिष्ट पार्टीले पनि तीनवटै क्षेत्रमा युवा र नयाँ उम्मेदवार बनाएको छ । सो पार्टीले क्षेत्र नम्बर १ बाट नरेन्द्र पाण्डे, २ बाट दिपेन्द्र विष्ट र ३ बाट दिपक जिएम गरेर युवा र नयाँलाई अवसर दिएको छ ।

यसैगरि एमालेले पनि क्षेत्र नम्बर ३ बाट युवा सुमन मल्ललाई उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि क्षेत्र नम्बर १ बाट प्रदिप साह, २ बाट ऋषिराज देवकोटा तथा ३ बाट तारकसिंह थारु गरेर नयाँ र युवालाई मिलाएर उम्मेदवार बनाएको छ । 

नयाँ पार्टी मानिने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि दुईवटा क्षेत्रमा नयाँलाई रोजेको छ भने एक क्षेत्रमा गत निर्वाचनका उम्मेदवारलाई अवसर दिएको छ । सो पार्टीबाट क्षेत्र नम्बर १ मा गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका सुरेश चौधरी, क्षेत्र नम्बर २ मा युवा विवेक श्रेष्ठ र ३ बाट दलित अभियन्ता खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ ।

यस्तै जनता समाजवादी पार्टी नेपालले पनि नेपालगन्जका निवर्तमान उपमेयर कमरुद्दीन राई, सूर्यलाल यादव र बाबु खाँ पठानलाई टिकट दिएर नयाँ उम्मेदवार बनाएको छ ।  

यस पटकको निर्वाचनमा प्रतिस्पर्धा गरिरहनुभएका मध्ये एमालेका पूर्वमन्त्री इश्त्यिाक राई, पूर्वसांसद सुर्य ढकाल र मल्ल, कांग्रेसका कोइराला, गौडेल र पुन, नेपाली कम्युनिष्ट पार्टीका पाण्डे, बिष्ट र जिएम, रास्वपाका श्रेष्ठ र सुनार, राप्रपाका देवकोटा र थारु तथा लोकतान्त्रिक प्रगतिशिल पार्टीका कृष्णा केसी नमुना र जनता समाजवादी पार्टी नेपालका राई निकै चर्चित र प्रतिस्पर्धा गर्ने उम्मेदवार मानिएका छन् ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …