Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

डेक्स

डेक्स

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण
ADVERTISEMENT

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२’ मस्यौदा तयार गरिएको छ । 

महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा तयार गरिएको मस्यौदा कार्यान्वयनका लागि आज बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञनेन्द्र कुमार चौधरीले महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि जिल्लाका सबै स्थानीय तहले नीतिगत रुपमा ऐन, कानून र कार्यविधी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यस्थलमा समेत विभिन्न प्रकृतिका हिंसा हुनेभएकाले यो आचारसंहिताले त्यस्ता घटनालाई नियन्त्रण गर्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले लैङ्गिक हिंसा न्युनीकरणका लागि उपमहानगरपालिकाले कानूनी रुपमा विभिन्न नीति नियम बनाउदै आएको भन्दै यस्ता घटनालाई नियन्त्रण गर्न तथा पिडितलाई न्याय दिलाउने बताउनुभयो । 

प्रमुख प्रशासकिय अधिकृत रामहरि शर्माले कार्यालयहरुमा विशेष गरी विभिन्न किसिमका सेवाग्राहीहरु आउने भएकाले यो आचारसंहिता सबैलाई नियमन गर्नमा मद्दत पुरयाउने भएकाले यसलाई तत्काल कार्यान्वयनमा ल्याएर प्रचार प्रसारको कार्य गर्ने प्रतिबद्धता गर्नुभयो । 

कार्यक्रममा वडा अध्यक्ष राजकुमार साहु, कार्यपालिका सदस्य बसन्त कनोजिया, संगिता रेग्मी महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा कुमारी पुरी, शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा, प्रशासन शाखा प्रमुख इन्द्र्रबहादुर केसी, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी, महासचिव अधिबक्ता केवलसिंह थारु, कार्यकारी निर्देशक राकेशकुमार मिश्र, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी, महिला कानुन र विकास मञ्चका लेखा प्रमुख सनतोष पौडेल, वडा सदस्य लगायतको उपस्थिती रहेको थियो । 

त्यस अवसरमा पालिकाकाले ऐन निमार्ण गरेको भन्दै दुबै संस्स्थालाई सम्मान पत्र प्रदान गरिएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …