Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

डेक्स

डेक्स

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना
ADVERTISEMENT

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आज जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीका अनुसार नेपालगन्ज रामलिला मैदानस्थित पशु सेवा तालिम केन्द्रमा निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा राप्तीसोनारी गाउँपालिकाको कार्यालयमा क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय र कपास विकास समितिमा क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।

बाँकेमा क्षेत्र नम्बर १ मा सर्वोच्च अदालतका इजलास अधिकृत सरोजनिधि वाग्ले, क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतमा बाँके जिल्ला अदालतका न्यायाधीश दीपक कुमार दाहाल र क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिबक्ता दशरथ गौतम रहनुभएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …