Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

डेक्स

डेक्स

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड
ADVERTISEMENT

बसन्त गौतम 
नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको बैठकले अदालतका आदेश र फैसलाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले मानव अधिकार, कानूनी शासन र नागरिक अधिकारसम्बन्धी सार्वजनिक सरोकारका मुद्दा तथा अदालती आदेशहरूको कार्यान्वयन अवस्थाबारे व्यापक समीक्षा गरेको हो। 

बैठकले अदालतबाट भएका महत्वपूर्ण फैसालाको कार्यान्वयनमा देखिएका चुनौती र समस्या सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकले हालै सम्पन्न वार्षिक समीक्षा कार्यक्रम प्रभावकारी भएको निष्कर्ष निकाल्दै पुनर्गठित कार्यसमितिको पदभार हस्तान्तरण समेत गरेको  छ।  

बैठकले हुस्सु र शीतलहरका कारण आम नागरिकको जनजीवनमा परेको असरबारे स्थानीय सरकार र प्रशासनलाई जानकारी गराउने साथै आगामी दिनमा नयाँ सार्वजनिक सरोकारका मुद्दा उठान र पैरवीलाई निरन्तरता दिने निर्णय गरेको छ। 

बैठकले आगामी दिनमा नयाँ सार्वजनिक सरोकारका मुद्दा उठाउने निर्णय पनि गरेको छ। बैठकमा सह–संयोजक वरिष्ठ अधिवक्ता लोकबहादुर शाह, र प्रवक्ता तथा सह–संयोजक अधिवक्ता बसन्त गौतम, महासचिव अधिवक्ता विकास आचार्य, सचिव अधिवक्ता सुनिता शर्मा, कोषाध्यक्ष अधिवक्ता केवल सिंह थारु, तथा सदस्यहरू अधिवक्ताहरू बलबहादुर चन्द, विश्वजित तिवारी, भोला महत, सुरेश गौतमको  सक्रिय  सहभागिता रहेको थियो।                              

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …