Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

डेक्स

डेक्स

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज
ADVERTISEMENT

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका लागि विशेष प्याकेज घोषणा गरेका छन् । खासगरी यहाँ रहेका तारे होटलले ‘क्रिसमस डे’ बाट लागू हुनेगरी र साना होटलले खाना तथा आवासमा छुट दिनेगरी प्याकेज बनाएका हुन् । 

नेपालगञ्जको कारकाँदोमा रहेको तारे होटल सिद्धार्थ भ्यूले ‘न्यू इअर इभ’ मा विशेष कार्यक्रम आयोजना गर्दै आवास तथा खानमा विशेष छुटको घोषणा गरेको छ । होटलका प्रबन्धक बद्री कोइरालाले खानामा १५ प्रतिशत र आवासमा ४० प्रतिशत छुट रहेको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगन्तुक पाहुनाले कस्तो प्याकेज मन पराउनुहुन्छ । त्यस्तै प्रकारको प्याकेज पाउन सक्नुहुन्छ ।” 

सो प्याकेज यही पुस १० देखि १७ गतेसम्म एक साताका लागि रहने कोइरालाको भनाइ छ ।  प्रबन्धक कोइरालाले बुधबार हुने ‘न्यू इअर इभ’ मा चर्चित गायक प्रकाश सपुतलगायतका कलाकारको प्रस्तुति रहने जानकारी दिनुभयो । 

अर्को तारे होटेल स्टार लाइटले पनि ‘न्यू इअर इभ’ मा विशेष कार्यक्रम आयोजना गर्दै छुटको घोषणा गरेको छ । सो कार्यक्रममा प्याकेज अनुसारको छुट रहेको उल्लेख गर्दै आवासमा समेत छुट दिन सकिने जनाएको छ । 

होटेल पौवाले अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गर्दै खानामा प्याकेज अनुसार छुट दिने जनाएको छ । पौवाका प्रबन्धक गिरीराज पाण्डेले विशेष आकर्षक प्रस्तुतिसहित सुपथ मूल्यमा खानाको स्टल लगाइने र ग्राहकले आफ्नो क्षमताअनुसार खानामा खर्च गर्ने बताउनुभयो । 

त्यसैगरी सुनाखरी होटलले ‘न्यू इअर इभ’का लागि खानामा २० प्रतिशत छुट दिने भएको छ । सुनाखरी होटेल तथा रेष्टुरेन्ट प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्माले दुई दिनका लागि सुप लगायतका केही परिकार निःशुल्कसमेत हुने उल्लेख गर्नुभयो ।

यस बाहेक यहाँ रहेका होटलहरु कलपतरु, सिटी प्यालेस, वाटिका, स्नेहा लगायतले बर्सेनि विभिन्न कार्यक्रमसहित ग्राहकलाई खाना तथा अवासमा छुट दिने गरेका छन् । यहाँका तारे होटेलका ग्राहक अधिकांश भारतीय हुने गर्छन् । 

होटेल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ, बाँकेका उपाध्यक्ष रेशम पोखरेलले जिल्लामा दर्ता भएका होटेल ६५० र अन्यसहित एक हजार ५०० को हाराहारीमा साना तथा ठूला होटेल भएको जानकारी दिनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…