Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

डेक्स

डेक्स

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर
ADVERTISEMENT

दांग । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले नेताको विरोध हुनु स्वभाविक भए पनि नेताको विरोधको नाममा मर्यादा नाघ्न नपाइने बताउनु भएको छ । 

काँग्रेसको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई आज लमहीमा सम्वोधन गर्नुहुँदै सहमहामन्त्री राठौरले नेताको कार्यशैलीको विरोध लोकतान्त्रिक संस्कारभित्रै पर्ने तर नेताको विरोधको नाममा मर्यादा नाघ्न कसैले नपाउने बताउनु भयो । 

काँग्रेसमा वीपी, सुवर्ण, गणेशमान र कृष्णप्रसादकै पालामा पनि गुट एवं आन्तरिक प्रतिस्पर्धा हुने गरेको, त्यो आज पनि रहेको र भोलि पनि रहने बताउनु भयो । काँग्रेसमा गुट एवं आन्तरिक प्रतिस्पर्धा स्वभाविक हो तर त्यसको नाममा  चार तारे झण्डा र रुख चिन्हमाथि अहित हुने काम कसैले गर्न पाउँदैन  उहाँले भन्नुभयो । 

राज्यका तीन वटै अंग जलाइएको, दर्जनौं नेपाली मारिएको, पार्टीका केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालय ध्वस्त पारिएको, सभापति शेरबत्रहादुर देउवा र नेतृ आरजु राणामाथि आक्रमण गरिएका बेला संयमता देखाउनु पर्नेमा पार्टीकै नेताहरुद्धारा अमर्यादित क्रियाकलाप प्रस्तुत गरिएको भन्दै नेता राठौरले आक्रोश व्यक्त गर्नुभयो । 

आफूहरुले पनि विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको कार्यशैलीको विरोध गरेको तर उहाँहरु, उहाँहरुको योगदानको अवमूल्यन कहिल्यै नगरेको सहमहामन्त्री राठौरले बताउनु भयो । 

पार्टीले १५ औं महाधिवेशन र आमनिर्वाचनको तयारी संगसंगै अघि बढाएको जानकारी दिनु हुँदै सिद्धान्त, आस्था र संगठनले जित्ने पार्टी नेतृत्व र काँग्रेसले जित्ने निर्वाचनका लागि तल्लोदेखि माथिल्लो तहसम्मका नेता कार्यकर्ता सक्रिय हुनु पर्ने उहाँले बताउनु भयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …