Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डेक्स

डेक्स

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
ADVERTISEMENT

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेको डुडुवा गाउँपालिकाले सचेतनामुलक कार्यक्रम गरेको छ । गाउँपालिकाको ६ वटै वडाबाट रयालीसहित आएका महिलाहरुको समुहले लैङ्गिक हिंसाविरुद्ध सचेतनामुलक सन्देश प्रवाह गरेका छन । 

विभिन्न टोलबाट आएका महिलाहरुको रयाली पश्चात गाउँपालिका कार्यालय पुगेर अन्र्तक्रियामा परिणत भएको गाउँपालिकाका लिलावती यादवले जानकारी दिनुभयो ।  उहाँका अनुसार कार्यक्रममा अधिबक्ता प्रहलादबहादुर कार्कीले महिला हिंसा विरुद्धको कानूनी उपचार सेवा, संविधान, तथा विभिन्न कानूनी प्रक्रियाका बारेमा प्रशिक्षण दिनुभएको थियो । 

प्रशिक्षणमा सहभागि महिलाहरुले कानुनी प्रक्रिया, कानुनको कार्यन्वयन र जटिलताका बारेमा आ–आफ्ना जिज्ञासा राखेका थिए । उनीहरुले समुदायमा लैङ्गिक हिंसाका घटनाहरु विभिन्न कारणले भईरहेकाले विशेष गरी पुरुषहरुमा सचेतनाको आवश्यकता रहेको बताएका थिए । 

कार्यक्रममा बोल्ने बक्ताले लैंगिक हिंसा अहिले पनि कतिपय परिवार, गाउँ तथा समाजमा कायमै रहेकाले त्यस्ता घटनालाई लुकाएर पीडितहरु बस्न नहुने सुझाव दिएका थिए । लैंगिक हिंसा हुने वित्तिकै नजिकैको प्रहरी कार्यालय अथवा स्थानीय न्यायिक समिति समक्ष निवेदन दिएर न्याय माग्नुपर्ने उनीहरुले जोड दिएका थिए ।  

गाउँपालिकाका उपाध्यक्ष साहिदा बानोले नेपालको संविधानले महिलालाई धेरै अधिकार दिएको उल्लेख गर्दै आफुमाथी हुने कुनैपनि हिंसालाई सहन नहुने बताउनुभयो । ‘संविधानले नै महिलालाई धेरै अधिकार दिएको अवस्था छ, अधिकार हुँदा हुँदै हिंसालाई सहेर बस्नु हुदैन,’ उहाँले भन्नुभयो,–‘केही समस्या परेको बेलामा तपाईहरुलाई न्याय दिनका लागि नजिकै प्रहरी कार्यालय छ, गाउँपालिकाको स्थानीय न्यायिक समिति तपाईको साथमा छ ।’ लैंगिक हिंसामा परेका पीडित ब्यक्तिले स्थानीय न्यायिक समितिमा आएर सिधैं उजुरी गर्न सक्ने ब्यवस्था रहेको उपाध्यक्ष बानोले बताउनुभयो ।  

लैङ्गिक हिंसाविरुद्ध सचेतनामुलक सन्देशसहितको प्ले कार्ड, व्यानरसंगै विभिन्न नाराहरु लगाएका थिए । र्यालीमा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर बिष्ट, अन्य जनप्रतिनिधिहरु, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, बिद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत उपस्थित भएका थिए । 

‘प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ मंसिर ९ गतेबाट सुरु भएको उक्त अभियान मंसिर २४ गते अर्थात् बुधबार सम्म चलेको थियो । कार्यक्रममा महिला अगुवा भवानी बोहरा, ईलाका प्रहरी कार्यालय बनकट्टीका महिला प्रहरी हवल्दार टिका थापा, लगायतले बोल्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …