Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

डेक्स

डेक्स

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर
ADVERTISEMENT

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्नेमा जोड दिनु भएको छ । 

काँग्रेस, बाँकेको क्षेत्र नम्बर ३ कार्यसमितिले खजुरा बजारमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्नुहुँदै सहमहामन्त्री राठौरले लोकतन्त्रको प्रवद्र्धन र नेतृत्व विकास दुवैका दृष्टिले एउटै व्यक्ति पटक–पटक एकै क्षेत्रबाट चुनाव लड्नु उपयुक्त नहुने धारणा राख्नु भयो । 

सहमहामन्त्री राठौरले निर्वाचन घोषणा भएको ३ महिना भैसक्दा पनि सरकारले गर्नु पर्ने शान्ति सुरक्षा लगायत आवश्यक व्यवस्थाको अभावले निर्वाचन सुनिश्चित हुन नसकेको बताउनु भयो । घोषित मितिमा निर्वाचन गर्नुको विकल्प नदेखिएको अवस्थामा सरकार, सुरक्षा अंग र सम्वद्ध निकायले तत्काल आवश्यक पहलकदमी लिनु पर्नेमा उहाँले जोड दिनु भयो । 

सहमहामन्त्री राठौरले नेपाली काँग्रेस मुलुकको एउटामात्र लोकतान्त्रिक पार्टी भएकाले देश, जनता र व्यवस्थाले जित्ने अवस्था निर्माण गर्नु काँग्रेसका लागि सधैँ प्रतिष्ठाको विषय रहेको बताउनु भयो । उहाँले काँग्रेस कमजोर हुँदा लोकतन्त्रमात्र नभै मुलुक नै कमजोर हुने ऐतिहासिक तथ्यलाई मनन् गर्दै आगामी फाल्गुण २१ मा हुने निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण काँग्रेसजन गम्भीर हुनु पर्ने बताउनु भयो । 

उहाँले महाधिवेशन पार्टीको आन्तरिक विषय भएकाले महाधिवेशनले पार्टीलाई कमजोर बनाउने अवस्था नआओस्, थप बलियो बनाएर अघि बढाउन मद्दत गरोस् भन्नेमा सबैको चाहना, कामना र भूमिका हुनु पर्ने बताउनु भयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …