Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

तरकारीमा विषादीको मात्रा बढ्दो

डेक्स

डेक्स

तरकारीमा विषादीको मात्रा बढ्दो
ADVERTISEMENT

नेपालगन्ज, ११ कात्तिकः किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ । नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष २०८१र८२ मा नमुना परीक्षण गर्दा १० किसिमका तरकारीमा विषादीको मात्रा अत्यधिक फेला परेको प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कैफियत पाइएका तरकारी बाँके जिल्लाकै उत्पादन हुन् । दश वटामध्ये नौ वटा रायो, माटे र सम्धिनीलगायत सागमा कैफियत पाइएको जनाउँदै उहाँले एउटा बोडीको नमुनामा विषादीको मात्रा फेला परेको बताउनुभयो । चैतमा तीन, वैशाखमा पाँच, जेठमा एक र असारमा एउटा नमुनामा कैफियत देखिएको थियो । दशवटै नमुना परीक्षण गर्दा रेडलेबल ९उपभोग गर्न नमिल्ने० पाइएको चौधरीले बताउनुभयो ।

प्रयोगशालामा भारतबाट आयातीत ४१३, सल्यानका २७३, बाँकेका ९६२, चितवनका ७९, सुर्खेतका १२, जुम्लाका एक, बर्दियाका ५३, रोल्पाका ११, दैलेखका दुई, रुपन्देहीका एक र दाङका ७६ नमुना परीक्षण गरिएको प्रयोगशालाका नायब प्राविधिक सहायक चौधरीले जानकारी दिनुभयो ।

प्रयोगशालामा नेपालका विभिन्न जिल्लाबाट नेपालगञ्ज आउने तरकारी तथा फलफूलजन्य वस्तु र भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुको विषादी जाँच हुने उहाँले बताउनुभयो । करिब एकदेखि डेढ घण्टाभित्रमा परीक्षण गरिएका नमुनाको नतिजा आउने उहाँले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमाभन्दा गत आर्थिक वर्षमा तरकारी तथा फलफूलजन्य वस्तुको नमुना बढीमात्रामा परीक्षण भएसँगै विषादी पाइने सङ्ख्यामा पनि वृद्धि भएको चौधरीको भनाइ छ । 

उहाँका अनुसार नेपालगञ्जस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आवमा एक हजार ८८३ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण हुँदा १० वटा नमुनामा कैफियत पाइएको हो । त्यसैगरी अघिल्लो आवमा एक हजार ९४ नमुना परीक्षण हुँदा सात वटामा कैफियत पाइएको थियो । चालु आवको साउनदेखि हालसम्म ४८२ वटा तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण गरिएको छ । उक्त नमुनामा कुनै पनि कैफियत नपाइएको चौधरीको भनाइ छ ।

प्रयोगशालामा आव २०८०र८१ मा एक हजार ९४ नमुना परीक्षण हुँदा तीन वटा ‘यल्लो’ र चार वटा ‘रेडलेबल’ गरी सात नमुनामा कैफियत पाइएकामा आव २०७९/८० मा एक हजार ८५ नमुना परीक्षण हुँदा छ वटा यल्लो र १० वटा रेडलेबल गरी १६ नमुनामा कैफियत देखिएको थियो । गत आवमा नमुना परीक्षणको सङ्ख्या वृद्धि भएसँगै कैफियत पाइने सङ्ख्यामा पनि वृद्धि भएको हो ।

नायब प्राविधिक सहायक चौधरीका अनुसार तरकारी तथा फलफूलजन्य वस्तुमा ‘अर्गानोफस्फेट’ र ‘कार्बामेट’ गरी दुई वटा विषादी समूहको परीक्षण हुने गर्दछ । नेपालगञ्जबाट विसं २०७९ मङ्सिरदेखि तरकारी तथा फलफूलजन्य वस्तुको विषादी नमुना परीक्षण सुरु गरिएको हो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …