Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सहयोगका पर्खाइमा कलाकार निर्मोही

डेक्स

डेक्स

सहयोगका पर्खाइमा कलाकार निर्मोही
ADVERTISEMENT

नेपालगन्ज,५ कात्तिक । तीन दशकदेखि पश्चिम नेपालमा  स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोहीको आवाज अहिले शान्त छ ।

तीन दशकभन्दा बढी समय नेपाली लोकसङ्गीत र सञ्चार क्षेत्रमा समर्पित निर्मोही अहिले आफ्नै जीवनसँग जुधिरहनु भएको छ । दुवै मिर्गौलाले काम गर्न छोडेपछि उहाँ लामो समयदेखि नेपालगञ्ज–१० स्थित आफ्नै घरको ओछ्यानमा सीमित हुनुहुन्छ ।

कुनैबेला रेडियो कार्यक्रम सञ्चालन गर्दा जोसिलो आवाजले सबैलाई मोहित पार्ने निर्मोही अहिले धेरैबेर बोल्दा बोली पनि लर्वराउँछ । स्वर अहिले पीडाले भरिएको छ । शरीर कमजोर भइसकेको छ । हिँडडुल गर्न सक्नुहुँदैन । रेडियो नेपाल र नेपालगञ्जस्थित रेडियो बागेश्वरीसहित अन्य एफएमहरुमा उहाँले लामो समय काम गर्नुभयो ।  

निर्मोहीले थुप्रै स्टेज कार्यक्रममा उद्घोषण गर्नुभयो । स्रोताको मन छुने लोकगीत गाएर स्थानीय कलाकारलाई पनि मञ्चमा ल्याउन सहयोग गर्नुभयोे । उहाँका गीतहरु पश्चिम नेपालको गाउँघरमा आज पनि गुञ्जिन्छन् ।

उच्च रक्तचाप र सुगरले सताउँदै जाँदा, पछि मिर्गौलाले काम गर्न छोडेको उहाँले जानकारी दिनुभयो । “विगत छ महिनादेखि उपचारमै छु, तर आर्थिक अभावले उपचार निरन्तरता दिन सकिरहेका छैन”, कलाकार निर्मोहीले भन्नुभयो, “जीवनभर म बोलिरहेँ, अब सबै मौन छन्, मलाई सबैको माया चाहियो, जीवनका यी अन्तिम क्षणमा उपचारका लागि सहयोगको हात बढोस् ।” 

उहाँको परिवारले सम्भव सबै प्रयास ग¥यो, तर अब खर्च धान्नसक्ने स्थिति छैन । नेपालगञ्जस्थित भेरी अस्पतालमा हप्तामा दुई पटक उहाँले डायलाइसिस गर्दै आउनुभएको छ । कलाकार निर्मोहीले आफ्ना साथी, शुभेच्छुक र देशभरका कलाकार, स्रोता र दाताहरुसँग सहयोगको आग्रह गर्नुभयो ।

दाङको तत्कालीन फूलबारी गाउँपालिकामा जन्मिएका निर्मोही हाल नेपालगञ्जमा बस्दै आउनुभएको छ । कलाकार निर्मोहीको योगदानको कदर गर्दै निर्मोहीलाई सम्झने वातावरण बनाउनेदेखि उपचारमा सहयोग जुटाउने प्रयासमा आफूहरु लागिपरेको स्थानीय बागेश्वरी असल शासन क्लबका निर्देशक नमस्कार शाहले बताउनुभयो । 

निर्मोहीलाई सहयोगार्थ ‘तिहारका रङहरु’ 

मिर्गौला रोगबाट पीडित कलाकार कमल विके निर्मोहीको सहयोगार्थ नेपालगञ्जमा ‘तिहारका रङ्गहरु’ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

बागेश्वरी असल शासन क्लबको आयोजनामा उज्यालो, प्रेम र एकताका माध्यमबाट सुशासन र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यले तिहारका मौलिक संस्कृति र मान्यतालाई प्रवद्र्धन गर्दै गएराति ‘तिहारका रङहरु’कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सामूहिक देउसी, भैलो, सांस्कृतिक प्रस्तुति, नृत्य, नाटकलगायत प्रस्तुतिहरु गरिएको थियो । स्थानीय फरकफरक कला र संस्कृतिलाई एकै मञ्चबाट प्रस्तुत गरिएको उक्त कार्यक्रममा अस्वस्थ अवस्थामै पुग्नुभएका कलाकार निर्मोहीले सहयोगी हातहरु अघि बढेको देख्दा खुसी लागेको बताउनुभयो ।  

कार्यक्रममा गायक सुनीलसिंह ठकुरी, पूर्ण थापा, महेन्द्र सेढाईं, कलाकार श्यामानन्द सिंह, जितबहादुर थापा, सन्तोष सोतीमगर, सुजन डिसी, मेरो डान्स युनिभर्सका थर्ड रनरअप सुरज सिञ्जालीमगर, डान्सर रुविना अधिकारी, मौसमी रानामगर, आरुसी मगर र एक्टिङ स्टार नवीना रानाभाटलगायतको प्रस्तुति रहेको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …