Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

समाजको रूपान्तरणका लागि समानता र न्याय अपरहिार्य : पूर्व आयुक्त अन्सारी

डेक्स

डेक्स

समाजको रूपान्तरणका लागि समानता र न्याय अपरहिार्य : पूर्व आयुक्त अन्सारी
ADVERTISEMENT

बाँके, २६ असोज । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले दिगो परिवर्तनका लागि मानव अधिकार, समानता र न्यायलाई केन्द्रमा राख्नुपर्ने बताउनुभभएको छ ।

नेपालगञ्जमा नेप्लीज मेटर्सले आयोजना गरेको “समाजको आवश्यकता र दिगो परिवर्तन” विषयक विचार–विमर्श कार्यक्रममा उहाँले  राज्य, नागरिक समाज र नयाँ पुस्ताबीचको सहकार्यबिना सार्थक परिवर्तन सम्भव नरहेको बताउनुभयो ।

अन्सारीले भन्नुभयो, “दिगो परिवर्तन केवल नीति वा कागजमा सीमित हुनु हुँदैन, यो व्यवहारमा देखिनु पर्छ। त्यसका लागि समान अवसर, लैङ्गिक न्याय र सबै वर्गको सम्मान अनिवार्य छ ।” उहाँले विश्वभर फैलिँदै गएको जेनजी आन्दोलनलाई परिवर्तनको सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै नयाँ पुस्ता अधिकारप्रति सचेत र अन्यायविरुद्ध आवाज उठाउन सक्षम बन्दै गएको बताउनुभयो ।

महिला, दलित, आदिवासी, मुस्लिम, मधेसी लगायत सबै समुदायको समान सहभागिता सुनिश्चित नगरी कुनै पनि परिवर्तन दीर्घकालीन हुन नसक्ने उहाँको भनई थियो । 

कार्यक्रमको अध्यक्षता गर्दै नेप्लीज मेटर्सका संरक्षक हाजी अब्दुल रहमान मियाँले समाजमा सहिष्णुता, एकता र आपसी समझदारीको आवश्यकता औंल्याउनुभयो । “धर्म, भाषा वा पहिचानले होइन, मानवताको आधारमा हामी एकअर्कासँग जोडिनुपर्छ,” उहाँले भन्नुभयो, “युवापुस्ता एउटै उद्देश्यका लागि संगठित भए भने समाजमा कुनै पनि विभाजन टिक्दैन।”

कार्यक्रममा प्राध्यापक गिरिराज पौडेलले दिगो विकास लक्ष्य हासिल गर्न शिक्षामा समान पहुँच, लैङ्गिक समता र उत्तरदायित्वपूर्ण शासन प्रणाली आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी, नेप्लीज मेटर्सका संयोजक मोहम्मद रिहानले जेनजी आन्दोलनले समानता र अधिकारको आवाज बुलन्द गरे पनि सबै समुदायको समान प्रतिनिधित्व अझै सुनिश्चित हुन नसकेको बताउनुभयो ।उहाँले भन्नुभयो,“जबसम्म मुस्लिम समुदायलगायत वञ्चित वर्गका युवाहरू नेतृत्वमा आउँदैनन्, जेनजी आन्दोलन अधुरो रहन्छ ।,”

अधिवक्ता जमालुद्दीन अन्सारीले मुस्लिम युवाहरूमा आत्मविश्वास र चेतना जगाउने जिम्मेवारी पनि जेनजी आन्दोलनकै रहेको बताउनुभयो । कानूनका विद्यार्थी नूर मोहम्मद अन्सारीले स्थानीयदेखि संघीय तहसम्मका नीतिहरूमा मानव अधिकार दृष्टिकोण समावेश गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । पूर्व आयुक्त मोहना अन्सारीलाई कार्यक्रममा भव्य स्वागत गरिएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …