Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु

डेक्स

डेक्स

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु
ADVERTISEMENT

नेपालगन्ज २० भदौ । नेपालगन्जका कानून व्यवसायीले निःशुल्क अनलाईन कानूनी परामर्श सेवा शुरु गरेका छन । सार्वजनिक सरोकार कानुन व्यवसायी समुह (पिआइएल ग्रुप) नेपालगन्जको आज आइतबार बसेको आकस्मिक बैठकले आजदेखि अदालतबाट नियमित सेवा संचालन नभएसम्म निःशुल्क कानुनी परामर्श सेवा दिने निर्णय गरेको छ । 

आगजनी तोडफोड र लुटपाटबाट सर्वोच्च अदालतलगायत बाँकेस्थित उच्च अदालत, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, बार भवन लगायत अन्य सरकारी तथा स्थानिय निकायको कार्यालय समेत पूर्ण रुपमा क्षति भएको अवस्था छ । अदालतबाट प्रवाह हुने नियमित न्याय सम्पादनको काम कारवाही तथा सेवा अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द रहेको छ । 

न्याय सम्पादनको कार्य बन्द भएपछि आम सर्वसाधारण नागरिक सेवाग्राही प्रभावितसंगै अन्यौलपूर्ण अवस्थामा अदालती प्रकृया, हदम्याद, म्याद, पेशी, तारेख समेतका बिषयमा नियमित रुपमा जानकारी दिन, अदालतबाट सेवा संचालन बारे प्रेषित सूचना र कानुनी प्रकृयाको बारेमा जानकारी गराउने उद्देश्यले निशुल्क कानुनी परामर्श सेवा संचालन गरिएको समुहका संयोजक वरिष्ठ अधिबक्ता सुनिलकुमार श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार समुहमा आबद्ध कानुन व्यवसायीहरु वरिष्ठ अधिबक्ता लोकबहादुर शाह, अधिबक्ताहरु बसन्त गौतम, बलबहादुर चन्द, विकास आचार्य, विश्वजीत तिवारी, सुनिता शर्मा र केवलसिंह थारुले निःशुल्क कानुनी परामर्श सेवा प्रदान गर्नुहुनेछ । 

यो अवस्थामा कानुन सम्वन्धि कुनै पनि विषयबस्तुका बारेमा फोन, वाट्सप अनलाईनमार्फत निःशुल्क रुपमा सेवा प्रदान गरिने समुहमा कोषाध्यक्ष बलबहादुर चन्दले बताउनुभयो । समुहको बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति हार्दिक सम्बेदना व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …