Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

काँग्रेस बाँकेको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

डेक्स

डेक्स

काँग्रेस बाँकेको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न
ADVERTISEMENT

नेपालगञ्ज, १६ भदौ । नेपाली काँग्रेस, प्रशिक्षण शाखा बाँकेद्धारा आयोजित दुई दिने जिल्लास्तरीय प्रशिक्षण सोमबार सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमको आइतबार नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ्गले उद्घाटन गर्नुभएको थियो । 

प्रशिक्षणमा बाँके जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरु, क्षेत्र, प्रदेश सभा क्षेत्र तथा पालिका कार्यसमितिका पदाधिकारीहरु, निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरु र भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी तथा सदस्य र जिल्ला अध्यक्षहरु गरी करीब २७५ जनाको सहभागिता रहेको प्रशिक्षण शाखा सचिव उमा थापामगरले जानकारी दिनुभयो । 

नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान विभागको निर्देशनमा आयोजित प्रशिक्षणमा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले ‘नेपालको संविधानः संविधान कार्यान्वयनमा काँग्रेसको भूमिका र दायित्व’, प्रतिष्ठानका निर्देशक डा. कृष्णप्रसाद पौडेलले नेपाली काँग्रेसको तहगत संरचना र नेतृत्व विकास’, ‘सांगठानिक अवस्था र संगठन विस्तारको रणनीति’ र नवीन श्रेष्ठले ‘नेतृत्व क्षमताको विकास’ विषयमा प्रशिक्षण दिनुभएको थियो । 

त्यस्तै, प्रतिष्ठानका ‘विश्वदिप लामिछानेले ‘संगठन विस्तारमा सूचना प्रविधिको प्रयोग र प्रभाव’, तिर्थ पौडेलले ‘प्रशिक्षणको विधि, प्रशिक्षकका सीप र प्रभावकारिता’, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदिशचन्द्र पोखरेलले ‘लोकतान्त्रिक समाजवादः नेपाली काँग्रेसको आर्थिक नीति, उपलब्धि र भावि कार्यदिशा’ र डा.सञ्जय महतोले ‘युवा, रोजगारी र उद्यमशिलता’ विषयमा प्रशिक्षण सहभागिहरुलाई प्रशिक्षित गर्नुभएको थियो । प्रशिक्षण अवधिमा सहभागिबीच समूहगत छलफल तथा प्रस्तुतीकरण समेत गराइएको थियो ।  

प्रशिक्षण समापन समारोहमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाव प्रमुख भुवनप्रसाद श्रेष्ठ, बाँके सभापति नारायणप्रसाद गौडेल, उपसभापति एवम् प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारी लगायतले सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

त्यस अवसरमा जिल्ला जिल्ला प्रशिक्षण शाखा प्रमुख अधिकारी र अर्का जिल्ला उपसभापति कृष्ण कार्कीले नेपाली काँग्रेसका कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने आवश्यकता र यसको उपादेयताका बारे चर्चा गर्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …