Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कर्णाली बैंक घोटाला प्रकरण : 'छानबिन गर्न निवेदन दिनेमाथि नै मुद्दा चलाइयो’

डेक्स

डेक्स

कर्णाली बैंक घोटाला प्रकरण : 'छानबिन गर्न निवेदन दिनेमाथि नै मुद्दा चलाइयो’
ADVERTISEMENT

नेपालगञ्ज : नेपालगञ्जस्थित प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकको रकम हिनामिना प्रकरणमा आफुमाथि मुद्दा चलाइएको भन्दै पुर्पक्षका लागि थुनामा रहेका बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्रले असन्तुष्टि व्यक्त गरेका छन । 

बैंकमा हिनामिना भएको आंशका लागेपछि आफुलगायत डा।ओम प्रकाश मिश्रले जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय बाँके र नेपाल राष्ट्र बैंकमा त्यसको छानबिनका लागि निवेदनसमेत दिएको भन्दै मिश्रले उल्टै छानबिनको निवेदन दिनेमाथि नै मुद्दा चलाएको प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भने, ‘बैंकमा कहिँ नकहिँ घोटाला भएको छ, शंका मानेर म लगायत डा।ओम प्रकाश मिश्रले प्रहरी, प्रशासन र राष्ट्र बैंकमा अनुसन्धानका लागि निवेदन दियौं । उक्त निवेदनमाथि अनुसन्धान र छानबीन नै नगरी निवेदकमाथि नै मुद्दा चलाउनुले चित्त बुझेको छैन ।’

आफुले आन्तरिक छानबिनमार्फत १ सय ३३ करोड घोटाला भएको थाहा पाएपछि आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा लिखित जानकारी गराएको भन्दै पूर्वअध्यक्ष मिश्रले उक्त निवेदनलाई गहिराई पूर्वक नलिएर राष्ट्र बैंकले केन्द्रिय अनुसन्धान ब्युरो ९सिआईबी० मार्फत अनुसन्धान गराई निर्दोषमाथि मुद्दा चलाउनुले चित्त दुःखेको बताए ।

बैंक सञ्चालक समितिलाई नीतिगत निर्णय गर्ने अधिकार मात्र रहेको भन्दै उनले कर्जा प्रवाहका लागि बैकका कर्मचारीले रीतिपूर्वक पेश गरेको कागजातलाई दृष्टिगत गर्दै ऋण लगानी गर्ने निर्णय समितिले गर्दैआएको दाबी गरे ।

नेकपा एमालेका केन्द्रिय सदस्यसमेत रहेका मिश्रले भने, ‘सञ्चालक समितिलाई नीतिगत निर्णय गर्ने अधिकार मात्र हुन्छ । त्यसको कार्यान्वयन गर्ने अधिकार सिइओ र अन्य कर्मचारीलाई हुन्छ । सम्बन्धित निकायले आफुमाथि झुठो मुद्दा लगाएर फसाउन खोजेको छ ।’ बैंक घोटाला प्रकरणमा आफ्नो र डा।मिश्रको रत्तिभर पनि संलग्नता नरहेको जिकिर गर्दै उनले आफु निर्दोष रहेको दाबी गरे ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …