Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कान्ति तालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभियान

डेक्स

डेक्स

कान्ति तालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभियान
ADVERTISEMENT

नेपालगन्ज, ५ साउनः नेपालगन्ज पुरैनीस्थित कान्ति तालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभियान थालिएको छ । ग्रिन नेपालगन्ज तथा क्लिन नेपालगन्जका अध्यक्ष्इा अभियन्ता डा विनोद कर्णको अगुवाइमा सो हस्ताक्षर सङ्कलन सुरु भएको हो । 

केही दिन अघिदेखि सुरु भएको हस्ताक्षर सङ्कलन केही दिनसम्म जारी रहने अभियन्ता कर्णले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म करिब २५० जनाको हस्ताक्षर सङ्कलन भएको र सङ्कलन भएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, बाँके र नेपालगन्ज उपमहानगरपालिकालाई बुझाउने कार्यक्रम रहेको बताउनुभयो । “कान्ति तालमा रेलिङ भाँचिएको छ, फोहोरको कुनै व्यवस्थापन गरिएको छैन र पछिल्लो समय मदिरा सेवन गर्ने अखडा बन्न थालेको छ”, उहाँले भन्नुभयो । 

नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ को पुरैनीमा रहेको सो ताल सिमसार क्षेत्रका रुपमा स्थापित हुन थालेको छ । हरित अभियन्ता डा कर्णले हस्ताक्षर सङ्कलनपछि तालको संरक्षणमा सरोकार भएका निकायको ध्यान जाने विश्वास व्यक्त गर्दै कान्ति ताल पर्यटकका लागिसमेत गन्तव्य भएको बताउनुभयो । 

“त्यहाँ विभिन्न प्रजातिका चराको बासस्थान छ, यसले पर्यटकलाई समेत लोभ्याउने गर्छ”,  डा कर्णले भन्नुभयो । करिब २५ बिगाहा क्षेत्रफलमा फैलिएको उक्त प्राकृतिक तालको वरिपरि उपमहानगरले इँटाको पर्खाल र त्यसमा रेलिङ लगाएको थियो । वरिपरि दुई किलोमिटर कालोपत्रे सडक, फुटपाथ र पार्किङ एरिया बनाइएको छ । 

नेपालगन्ज उपमहानगरपालिका–२१ का वडाध्यक्ष राजकुमार शाहु तेलीले कान्ति तालको संरक्षणको खाँचो आँैल्याउँदै कान्ति तालमा रहेका संरचनाको चोरी भइरहेको बताउनुभयो ।

वडाध्यक्ष तेलीले त्यहाँ जडान भएका विद्युतका संरचनासमेत चोरी हुँदा अहिले रातिमा बत्ती नबलेको उल्लेख गर्दै बाँकेमा रहेको यस तालको संरक्षण अनिवार्य भएको बताउनुभयो । नेपालगन्जमा रहेको कान्ति ताल विश्वमै दुर्लभ मानिने चरा सारसको प्रजनन स्थल समेत भएको बताइएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …