Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

वन सम्बद्र्धन प्रणालीबाट समुहलाई प्रशस्त मात्रामा आम्दानी

सम्वाददाता

सम्वाददाता

वन सम्बद्र्धन प्रणालीबाट समुहलाई प्रशस्त मात्रामा आम्दानी
ADVERTISEMENT

कमल राज पौडेल (देवकमल)
बर्दिया, जेष्ठ २९ गते । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख तथा डिभिजनल वन अधिकृत विजय राज सुवेदीले जिल्लामा वन सम्बद्र्धन प्रणाली लागु भएपछि समुहलाई प्रशस्त मात्रामा आम्दानी भईरहेको बताउनु भएको छ ।   

उहाँले सामुदायिक वन उपभोक्ता समितिको अवलोकन कार्यक्रममा उमेर पुगेका रूख कटान र तिनको स्थानमा नयाँ बिरुवा उमार्ने प्रक्रिया वन सम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन भएको जानकारी गराउँदै सो कुरा बताउनुभएको हो ।

प्रमुख सुवेदीले जिल्लाको ८९ वटा समुहमा कार्ययोजना बनेको मध्ये ८७ वटा समुहमा योजना लागुभएको र त्यसबाट ५ लाख ५० हजार क्यूफिट काठ उत्पादन हुने अनुमान गरिएकोमा १ लाख ४० हजार क्यूफिट उत्पादन भईसकेको रेर्कडले देखाएको उल्लेख गर्नुभयो । प्रमुख सुवेदी भन्नुहुन्छ, बाँकी काठ सबै घाटगद्धिमा आईसकेको छ । त्यसको विवरण मात्र आउन छ । वन सम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन लागु गरेपछि वन राम्रो हुन्छ ।

पुराना धोदरा रुखहरु काटिएर त्यस ठाउँमा नयाँ विरुवा उम्रिरहेको छ र त्यो पछि गएर राम्रो वन हुन्छ । वन पैदावर संकलन गर्ने, कटान मछान गर्ने, विक्रिवितरण गर्ने प्रक्रियामा प्रशस्त मात्रामा रोजगारी सिर्जना गरेको छ । मान्छेले काम पाएका छन् । काठ विक्रिवितरणबाट समुहलाई प्रशस्त आम्दानी भएको छ । 

उहाँले ठाकुरबाबा नगरपालिका वडा नं। ५ अन्तरगत रहेको चन्दक चटिया महिला सामुदयिक वनको उदाहरण दिँदै भन्नुभयो, १ सय सवा सय हेक्टर वनले बर्षमा डेढ दुई करोड आम्दानी गर्न सक्ने अवस्था छ । त्यो पैसा भनेको ठुलो पैसा हो एउटा वनमा हरेक बर्ष डेढ दुई करोड आउनु ठुलो पैसा हो ।

त्यसको २५ प्रतिशत प्रदेश सरकारलाई जान्छ । बाँकी बचेको पैसाले गाउँको विकासमा लगानी गर्न सकिन्छ । वन सम्बद्र्धन प्रणालीले चौतर्फि विकास गर्न मद्धत गर्छ । वन सम्र्बद्धन नगरेमा सवै अवसरहरु गुमेरजान्छ । बर्दियामा हाल २ सय ८२ सामुदायिक वन छन् । धेरै सामुदायिक वन उपभोक्तहरु हामिले गरेको कम प्रति सकारात्मक हुनुहुन्छ । 

चन्दक चटिया महिला सामुदयिक वन उपभोक्ता समितिको अध्यक्ष राजरानी थारुले समेत वन सम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन लागु गरेपछि वन राम्रो भएको र उपभोक्ताहरुलाई राम्रो आम्दानी भएको सुनाउनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …