Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

डेक्स

डेक्स

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु
ADVERTISEMENT

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमता विकास तालिम नेपालगन्जमा शुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा सञ्चालित तालिममा नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत विभिन्न वडाका ५० जना बढी महिला, बालबालिका, र किशोरीहरुको सहभागिता रहेको छ । 

तालिममा महिला, बालबालिकाको कानूनी अधिकार, अवस्था, समस्या, लैङ्गिक समानता, लैङ्गिक विभेद, नेतृत्व विकास, यौन तथा प्रजनन स्वास्थ्य शिक्ष, बाल विवाह, यौन हिंसा, निर्णय क्षमता विकास, कानूनी अधिकार, सुरक्षा, न्याय तथा पहुँचका उपाय, अर्थिक शसक्तिकरण लगायतका विषयमा जानकारी गराइने संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । 

तालिममा बसन्त कानोजिया, अधिबक्ताहरु विश्वजित तिवारी, केवलसिंह थारु र जिज्ञासा तिवारी, राकेश कुमार मिश्र, एञ्जिला ज्ञवाली र रविन्द्र ज्ञवालीले सहजीकरण गरि रहनुभएको छ । 

तालिमको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्तकुमार कानोजियाले राज्यको हरेक तहमा महिलाको सहभागिता न्युन भएकाले उनीहरु आफैमा पहिला शसक्तिकरण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरु जागरुक भएर आफ्ना कानूनी अधिकारीको समेत कार्यान्वयन गर्न सुझाव दिनुभयो । 

संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्टको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कार्यकारी निर्देशक राकेशकुमार मिश्र, कार्यक्रम म्यानेजर रविन्द्र कुमार ज्ञवाली लगायतले बोल्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …