Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नव प्रबेशी कानुन ब्यवसायीका लागि तालिम, ४४ जनाले पाए अधिवक्ता प्रमाणपत्र

डेक्स

डेक्स

नव प्रबेशी कानुन ब्यवसायीका लागि तालिम, ४४ जनाले पाए अधिवक्ता प्रमाणपत्र
ADVERTISEMENT

नेपाल कानुन ब्यवसायी परिषदद्वारा लिइएको ३२ औ अधिवक्ता तहको परिक्षामा उतिर्ण नव प्रबेशी कानुन ब्यवसायीहरुको लागि आयोजित ३ दिवसिय पुर्ब ब्यवसायिक अभिमुखिकरण तालिम बाँकेको कोहलपुरमा सम्पन्न भएको छ । 

यस अघि केन्द्रिय स्तरमा काठमाण्ठौमा दिईने अभिमुखिकरण र अधिवक्ताको प्रमाणपत्र यस पटकबाट प्रदेश स्तरबाट दिन थालिएको लुम्बिनी प्रदेशबाट निर्वाचित नेपाल कानून ब्यवशायी परिषदका पार्षद इश्वरी प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।बाँकेको कोहलपुरमा आयोजित लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेश स्तरीय कार्यक्रममा ४४ जना नव प्रबेशी कानुन ब्यवसायीहरुलाई अधिवक्ताको प्रमाणपत्र वितरण गरिएको थियो । 

नेपाल कानून ब्यवशायी परिषदका पार्षद इश्वरी प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको नव प्रवेशी कानून ब्यवशायीहरुलागी आयोजित तिन दिने अभिमुखिकरण तथा प्रमाण पत्र बितरण कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीश सुभाष पौडेल, बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाई, कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता पौडेल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी उमाकान्त पौडेल, नेपालगंज उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता अशोकराज रेग्मी, वरिष्ठ अधिवक्ता गिरवर प्रसाद अग्रवाल, भोला सिंह हमाल लगायतले नव प्रवेशी कानून ब्यवशायीहरुलाई ब्यवशायिक सफलताको शुभकामना दिनुभयो । 

कर्णाली प्रदेशका कानून ब्यवशायी परिषदका पार्षद मातृका प्रसाद खनालले संचालन गरेको कार्यक्रममा नेपाल बार एशोर्सिसनका कर्णाली प्रदेश उपाध्यक्ष बिवस बस्नेत, सुदुर पश्चित उपाध्यक्ष शिद्धराज ओझा, पुर्व उपाध्यक्ष प्रह्लाद बहादुर कार्की, लुम्बिनी प्रदेश सरकारका पुर्व न्यायाधिवक्ता तिर्थराज ज्ञवाली, नेपालगंज उच्च बारका अध्यक्ष चित्र बहादुर केसी लगायतले नव प्रवेशी कानून ब्यवशायीलाई ब्यवशायिक लगाव र लगनसिलतामा जोड दिनुभयो ।

शुभकाना दिने क्रममा वक्ताले कानून ब्यवशायमा  अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै अध्ययनसिलता, ब्यवशायिकता, निरन्तरता जरुरी रहेको बताएका थिए । कार्यक्रममा नव प्रवेशी कानून ब्यवशयाीहरु बिष्णु प्रसाद पोखरेल, हेमा सुनार लगायतले तालिमबाट धेरै कुराको ज्ञान भएको बताउनुभयो । तालिममा बिभिन्न बिभिन्न बिषयमा ९ बिधामा अभिमुखिकरण गरिएको थियो । 

कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका न्यायाधीश सुभाष पौडेलले कानून ब्यवशाय सुन्दर पेशा छ तर यसमा मेहनत गर्नु पर्ने बताउदै कानून ब्यवशायको मर्यादा र अनुशासन आफैले पालन गर्नु पर्नेमा जोड दिनुभयो  बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईले कानुन ब्यवशायमा त्याग र समर्पण जरुरी रहेको बताउनुभयो ।

कानून ब्यवशायीले मुद्धाको मस्यौदा गर्दा निकै बिचार पुराउनु पर्ने बताउदै न्यायाधीश प्रसाईले कानून ब्यवशायी अध्ययनसिल हुनु पर्नेमा जोड दिनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …