Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

चार सय तीस पर्यटकले अवलोकन गरे बाँके निकुञ्ज

डेक्स

डेक्स

चार सय तीस पर्यटकले अवलोकन गरे बाँके निकुञ्ज
ADVERTISEMENT

नेपालगञ्ज, ११ जेठः बाँके राष्ट्रिय निकुञ्जमा चार सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन र वन्यजन्तुको दृश्यावलोकन गरेका छन् ।

निकुञ्ज मध्यवर्ती क्षेत्रमा सञ्चालित घरबास कार्यक्रममार्फत गत साउनदेखि हालसम्म आन्तरिक तथा बाह्य पर्यटक गरी चार सय ३० जनाले निकुञ्ज अवलोकन तथा दृश्यावलोकन गरेको बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मन्दीप पङ्गेनीले जानकारी दिनुभयो । यी पर्यटकमध्ये सबैभन्दा बढी मङ्सिरमा ८२ र सबैभन्दा कम साउनमा १२ जना यहाँ आएका छन् ।  ती पर्यटकमध्ये विदेशी पर्यटक अर्थात्  सार्क राष्ट्रका २१ जना मात्र पर्यटक रहेका छन् ।

निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बाघ संरक्षणमा सफलता हासिल गरे पनि पर्यापर्यटनको विकास हुन नसकेको बताउनुभयो ।  निकुञ्जले दुई सय किलोमिटर वन पथ निर्माण, घाँसेमैदान र कृत्रिम पानी पोखरीको व्यवस्थासँगै आहारा प्रजातिको सङ्ख्या वृद्धि गरेको उहाँको भनाइ छ ।

मध्यवर्ती क्षेत्रमा घुम्न आउने पर्यटकलाई निकुञ्ज अवलोकनमा ल्याउन होमस्टे तथा होटल व्यवसायीले जोड दिनुपर्ने भन्दै कँडेलले पर्यटकको सहजताका लागि व्यवसायीले सफारीको प्रबन्ध गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

हाल बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको छ । सन् २०२२ को सर्वेक्षणअनुसार बाँके राष्ट्रिय  निकुञ्जमा २५ वटा बयस्क बाघ रहेका छन् । 

निकुञ्ज प्रमुख कँडेलले यहाँ अन्य संरक्षित क्षेत्रहरूमा नपाइने लोपोन्मुख वन्यजन्तु चौका पनि धेरै सङ्ख्यामा देखिन थालेका छन् । यस्तै, स्तनधारी वन्यजन्तु ३४, चरा २७६ , सरिसृप २४, उभयचर नौ र माछा ५५ गरी चार सय २२ प्रजाति रहेका छन् ।

निकुञ्ज संरक्षणमा अवैध चोरी सिकार, मानव–वन्यजन्तुबीचको द्वन्द्व, वन डढेलो, अतिक्रमण, मिचाहा प्रजातिको विस्तार, अव्यवस्थित पूर्वाधार, सीमित उद्धार क्षमतालगायत चुनौती रहेको प्रमुख कँडेलको भनाइ छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …