Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बालबालिका तथा अभिभावकलाई लागु औषधविरुद्धको चेतनामुलक अभिमुखीकरण शुरु

डेक्स

डेक्स

बालबालिका तथा अभिभावकलाई लागु औषधविरुद्धको चेतनामुलक अभिमुखीकरण शुरु
ADVERTISEMENT

बैजनाथ (बाँके) २५ बैशाख । बाँकेको बैजनाथ गाउँपालिकाका बालबालिका तथा अभिभावकका लागि लागु औषधविरुद्धको सचेतनामुलक अभियान शुरु गरिएको छ । लागु औषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको हो । 

बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रा.लि. नेपालगन्जले पालिकाको आठ वटै वडामा लागुऔषधविरुद्धको सचेतनामुलक अभियान संचालन गरेको हो । बुधबारदेखि शुरु भएको कार्यक्रम आज विहीबार पालिकाको वडा नं. ५ मा संचालन गरियो । 

कार्यक्रमका सहभागीले लागु औषधको दुव्र्यसनमा युवाहरु फस्दै गरेकाले यसबारे सचेतना अभिबृद्धिसंगै अभिभावकको भुमिका महत्वपुर्ण भएको जोड दिएका थिए । सहभागीले अभिभावकले आफ्ना बालबालिकाहरुलाई बढी निगरानीमा राख्नुपर्नेमा जोड दिदै यसबारे सचेत भई आवश्यक सुरक्षा अपनाउनुपर्ने बताएका थिए । 

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष देवबहादुर रावतले बैजनाथमा लागु औषधको प्रयोग बढदै गएकाले यसको नियन्त्रणका लागि पालिकाले नितिगत रुपमा रणनितिक योजना तयार गरि अघि बढने बताउनुभयो ।

वडा सदस्य दिपबहादुर थापाले लागुऔषधजस्ता कुलतमा फस्ने युवाहरुलाई सचेत बनाउन सबै सरोकारवाला निकायको भुमिकामा जोड दिनुभयो । प्रहरी हवल्दार        घर्तिमगरले समुदायमा लागु औषधको प्रयोग तथा कारोवार बढदै गएकाले यसबारे जानकारी पाउनेवित्तिकै प्रहरीलाई खबर गर्न आग्रह गर्दै यसको नियन्त्रणमा सबैले सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविका सञ्जालका केन्द्रीय उपाध्यक्ष प्रेमपुर्णा योगी, जयसिंह केसी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बालबालिका, अभिभावक, शिक्षक, बुद्धिजिवी, समाजसेवी लगायत गरि करिब ६० जनाको सहभागिता रहेको थियो । संस्थाले बुधबार बैजनाथको ६ नं. वडामा अभिमुखीकरण कार्यक्रम गरेको जनाएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …