Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

थारु संस्कृति संरक्षण बारे नाटक तथा सांस्कृतिक कार्यक्रम हुदै

सम्वाददाता

सम्वाददाता

थारु संस्कृति संरक्षण बारे नाटक तथा सांस्कृतिक कार्यक्रम हुदै
ADVERTISEMENT

शम्भु थारु 
बर्दिया । बर्दियामा थारु समुदायको पौराणिक लोक कला संस्कृति संरक्षण तथा युवा पुष्तामा सचेतना जगाउने उद्देश्यले दुई दिने थारु संस्कृति संरक्षण सम्बन्धि नाटक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । 

बर्दियाली थारु कलाकार मंचको आयोजना तथा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको समन्वयमा आइतबार बारबर्दिया नगरपालिका–४, घोरपिट्टामा र सोमबार गुलरिया नगरपालिका–५, सुहेल्वा गाउँमा आयोजना हुने जनाइएको छ । 

पछिल्लो समय थारु समुदायको पौराणिक संस्कृति लोप हुदै गएको छ । समाजिक संञ्जाल, टिकटकमा भाईरल हुनका लागि आप्mनो संस्कृतिमाथि नै नकारात्मक असर पर्ने खालको गतिबिधि प्रस्तुत गर्ने क्रम बढेको छ । साथै डिजे बजाउदां पनि दुरुपयोग गर्ने क्रम बढेकाले, उक्त गतिबिधि बिरुद्ध सचेतना पैmलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बर्दियाली थारु कलाकार मंचका अध्यक्ष महेश राम थारुले बताउनुभयो । 

कार्यक्रमलाई सफल बनाउनका लागि स्थानीय जनप्रतिनिधि, बरघर, कलाकार तथा स्थानीय नागरिहरुसंग छलफल तथा समन्वय गरिएको छ । कार्यक्रममा पौराणिक लोक कला संस्कृति झल्किने, हुरर्दुङ्गवा, सखिया, दफ लगायत्का नाचहरु प्रस्तुतिका लागि तयारी गरिएको बर्दियाली थारु कलाकार संचका सल्लाहकार मस्तराम थारु (मस्ते बर्दियाली)ले बताउनुभयो । 

कार्यक्रममा प्रस्तुत गरिने संस्कृति नामक नाटकको लेखक समेत रहेका सल्लाहकार थारुले नाटकमा ६ जना कलाकार तथा सहकायक कलाकारहरुको प्रस्तुति रहने उहाँले बताउनुभयो । साथै सांस्कृतिक कार्यक्रममा ९ वटा टिमको पौराणिक नाचको प्रस्तुति रहने छ । साथै बर्दियाका थारु कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । 

कार्यक्रमबाट थारु लोककला संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्दत पुग्ने, कलाकारहरूको मनोबल बढाउन हौसला बढ्ने, नाटक मार्पmत सचेतना पैmलाउने, रैथाने खानपानको व्यवसायिकरणमा पनि टेवा पुग्ने विश्वास गरिएको छ । 

साथै बर्दिया जिल्लामा रहेका धार्मिक, संस्कृतिक पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा समेत सहयोग पुग्नेछ । बर्दियाली थारु कलाकार मञ्चले यस कार्यक्रमलाई थारु समुदायको सांस्कृतिक जागरणको एउटा महत्वपूर्ण प्रयासका रूपमा समेत लिएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …